२०८३ असोज १२, सोमबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ १०० शैय्याको मध्यपुर अस्पतालको कार्यकारी अध्यक्षमा डा. रविना

१०० शैय्याको मध्यपुर अस्पतालको कार्यकारी अध्यक्षमा डा. रविना


काठमाडौं—भक्तपुरस्थित मध्यपुर अस्पतालको कार्यकारी अध्यक्षमा वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. रविना प्राधानांग चयन भएकी छन् । शनिबार अस्पतालको १४ औं वार्षिक साधारणसभाले १०० शैय्याको मध्यपुर अस्पतालको अध्यक्षमा सर्बसम्मत रुपमा डा. रविनालाई चयन गरेको हो ।

३४ वर्षकै उमेरमा मेडिकल निर्देशकमा रुपमा अस्पतालको मेडिकल नेतृत्व सम्हालेकी डा. रविना १४ वर्षदेखि अनवरत त्यही पोष्टमा क्रियाशील थिइन् । यो अवधिमा उनको कमाण्डमा अस्पताल ५० शैय्याबाट १०० शैय्यामात्रै भएन्, सेवा विस्तारका हिसाबले पनि अस्पतालले छलाङ मार्‍यो ।

भक्तपुर नगदेशकी डा. रविनाले मेडिकल नेतृत्वपछि अब अस्पतालको सम्पूर्ण व्यवस्थापकीय नेतृत्व समेत गर्ने भएकी छन् । उनले रसियाबाट सन् १९९९ मा एमबीबीएस गरेकी हुन् भने सन् २००६ मा रसियाबाटैं एमडी गरेकी हुन् ।

सन् २०१० मा ५० शैय्याबाट सेवा दिन थालेको मध्यपुर अस्पताल सन् २०२१ देखि १०० शैय्यामा संचालनमा छ । अस्पतालमा चिकित्सक, नर्स र अन्य गरी ४ सय कर्मचारी कार्यरत छन् ।

डा. रविनासँग धुलिखेल अस्पताल, लमजुङ अस्पताल च्छो रोल्पा हस्पिटल, परोपकार प्रसुति गृह काम गरेको अनुभव छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ