२०८३ असोज २४, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने

चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने

कान्तिको पुर्ननिर्माण विशेष परियोजनाका रुपमा अगाडी बढाइने


काठमाडौ–सरकारले छिमेकी चीन सरकारले अनुदान स्वरुप उपलब्ध गराउने ५० थान इलेक्ट्रिक एम्बुलेन्स स्वीकार गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषद बैठकले चीन सरकारद्धारा अनुदान स्वरुप दिन लागिएका ति एम्बुलेन्स स्वीकार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वीकृती प्रदान गरेको छ ।

बुधवार मन्त्रीपरिषदको निर्णय सार्वजानिक गर्दै सूचना तथा संचार मन्त्री एवं सरकारका प्रवक्ता पृथिवी सुब्बा गुरुङ्गले सो जानकारी दिएका हुन् ।

त्यसैगरी सोमवारकै मन्त्रिपरिषद बैठकले कान्ति वाल अस्पतालको भवन पुर्न निर्माणकार्यलाई विशेष परियोजनाको रूपमा कार्यन्वयन गर्ने गरी खरिद प्रकृया अगाडी बढाउन सहरी विकास मन्त्रालयलाई स्वीकृती प्रदान गरेको छ ।

सोही बैठकले रित्त रहेको स्वास्थ्य विमा बोडको कार्यकारी निर्देशकमा डा रघुराम काफ्लेलाई नियुक्त गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ