२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकैलालीको मालाखेती अस्पतालमा आकस्मिक सेवा सुरु, बिरामीले २४ सै घण्टा सेवा पाउने

कैलालीको मालाखेती अस्पतालमा आकस्मिक सेवा सुरु, बिरामीले २४ सै घण्टा सेवा पाउने


धनगढी-कैलालीको गोदावरी नगरपालिका ३ चौकिडाँडामा रहेको मालाखेती अस्पतालमा आइतबारदेखि आकस्मिक सेवा सुरु भएको छ । गोदावरी नगरपालिका मातहत रहेको यस क्षेत्रको पूरानो सरकारी अस्पताल मालाखेती अस्पतालमा आउने बिरामीहरुको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै आइतबारदेखि २४ सै घण्टाका लागि आकस्मिक सेवा सुरु गरिएको हो ।

गोदावरी नगरपालिका स्वास्थ्य शाखाका विष्णु जोशीका अनुसार अस्पतालमा अनिवार्य हुनुपर्ने आकस्मिक सेवा सुचारु गरी यस क्षेत्र बिरामीहरुलाई २४ सै घण्टा सेवा दिनका लागि आइतबारदेखि सेवाको सुरुवात गरिएको हो । स्वास्थ्य उपचारका लागि कैलालीसहित कञ्चनपुरको कृष्णपुरबाट समेत बिरामीहरु आउने मालाखेती अस्पतालमा बिरामीहरुले अब जुनसुकै समयमा पनि उपचार गर्न पाउने जोशीले जानकारी दिए ।


उनले हाल अस्पतालमा रहेका चार जना विशेषज्ञ डाक्टरहरुले बिरामीलाई दिन रात २४ सै घण्टा सेवा दिने बताए । यसअघि आकस्मिक सेवा नहुँदा रातिको समयमा टाढा-टाढा आउने बिरामीहरुलाई अन्यत्रै पठाउने गरेको भएपनि अब भने २४ सै घण्टा सेवा उपलब्ध रहेको उनले बताए । अहिले मालाखेती अस्पतालमा आकस्मिक सेवासँगै आमा सुरक्षा कार्यक्रम, ईसीजी सेवा , ल्याब सेवा रहेको अब विस्तारै अन्य सेवा सुबिधाहरु पनि थपिदै जाने जोशीले बताए ।

सरकारी अस्पताल भनेर टाढावाट आउने बिरामीहरुलाई कसरी सहज र सरल तरिकाले सेवा दिन सकिन्छ भन्ने तर्फ आफूहरुले अस्पतालको ब्यबस्थापन सुधार गर्दै गइरहेको उनको भनाइ छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ