२०८३ साउन १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनिसर्ग अस्पतालले देखायो मानवीयताः एक बिरामीको ३१ लाख ५७ हजार उपचार खर्च छुट

निसर्ग अस्पतालले देखायो मानवीयताः एक बिरामीको ३१ लाख ५७ हजार उपचार खर्च छुट

डडेल्धुराकी बन्दना लिम्बुको दुई जटिल न्युरो सर्जरीदेखि औषधि उपचारसम्मको अधिकांश खर्च अस्पतालले बेहोर्‍यो


काठमाडौं—कैलालीको धनगढीस्थित निसर्ग अस्पतालले मानवीय सेवाको उदाहरण प्रस्तुत गर्दै एक बिरामीको ३१ लाख ५७ हजार रुपैयाँभन्दा बढी उपचार खर्च मिनाहा गरेको छ । बिहीबार अस्पतालले डडेल्धुराकी बन्दना लिम्बुको उपचारका लागेको उक्त खर्च छुट दिएको जानकारी दिएको हो ।

बन्दना साइकल सिक्ने क्रममा भएको दुर्घटनामा गम्भीर घाइते भएपछि उनलाई करिब २३ महिनासम्म निसर्ग अस्पतालमा उपचार गरिएको थियो ।

अस्पतालका मेडिकल निर्देशक डा. मिराज आलम अन्सारीका अनुसार उपचारका क्रममा गरिएको दुई वटा जटिल न्युरो सर्जरी, विभिन्न स्वास्थ्य परीक्षण, औषधि तथा अन्य उपचार सेवाको अधिकांश खर्च अस्पतालले नै व्यहोरेको हो ।

डा. अन्सारीकाअनुसार बिरामी पक्षले सहयोगमार्फत जुटेको केही रकम मात्र भुक्तानी गरेको र बाँकी ३१ लाख ५७ हजार रुपैयाँ अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत छुट दिएको हो ।

अस्पतालको यो कदमलाई आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन सक्ने बिरामीप्रति गरिएको महत्वपूर्ण मानवीय सहयोगका रूपमा हेरिएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ