२०८३ भदौ १८, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग

बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग


काठमाडौं—भोटेकोशीको बाढी प्रभावितहरुका लागि नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानले १ करोड १ लाख १ रुपैयाँ सहयोग गरेको छ । १६ भदौंमा प्रतिष्ठानले अर्थ मन्त्रालयमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा उक्त रकम जम्मा गराएको हो ।

यस्तै, प्रतिष्ठानका सम्पूर्ण कर्मचारीहरूको एक दिन बराबरको पारिश्रमिक वापतका ८ लाख ५१ हजार ३५१ रुपैयाँ पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मान गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानको अन्तर्राष्ट्रिय साझेदार संस्था द फ्रेड हलोज फाउण्डेसन, अष्ट्रेलियाको तर्फबाट २१ लाख ८१ हजार २ सय रुपैयाँ समेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको प्रतिष्ठानले जानकारी दिएको छ ।

तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारी, प्रमुख वित्तीय अधिकृत रामचन्द्र खनाल तथा द फ्रेड हलोज फाउण्डेसनका नेपाल प्रतिनिधि एन्जिला दाहालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।

प्रतिष्ठानले कठिन घडीमा सबै नेपालीलाई एकअर्काको दुःख सुखमा साथ दिन, एकजुट हुन र विपद् प्रभावित समुदायको पुनःस्थापनामा आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ