गृहपृष्ठ ∕ समाचार ∕ महाकाली अस्पतालमा सिकलसेलको उपचार सेवा सुरु महाकाली अस्पतालमा सिकलसेलको उपचार सेवा सुरु पदमराज भट्ट शुक्रबार, २०७६ मंसीर १३ गते, १५:३४ मा प्रकाशित धनगढी—महाकाली अस्पतालमा थारु जातिमा देखिएको सिकलसेल एनिमिया रोगको उपचार सुरु भएको छ । उपकरण जडानसँगै कर्मचारीलाई आवश्यक तालिम दिएर यसै महिनाबाट सिकलसेलको उपचार सेवा सुरु गरिएको महाकाली अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थीले जानकारी दिए । हालसम्म दुई जना सिकलसेल एनिमियाका बिरामीले उपचार गराएको अस्पतालले जनाएको छ । अब उपचारका लागि धनगढीलगायत जिल्लाबाहिर जानु÷नपर्ने बताइएको छ । यसअघि कञ्चनपुरका दुई सय ७० जना सिकलसेल एनिमियाका बिरामीले कैलालीको सेती अस्पतालमा उपचार गराउँदै आएका थिए । महाकाली अस्पतालमै सिकलसेलको उपचार सुरु भएपछि स्थानीय खुशी भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले उपकरण खरिदका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । नेपाल सरकारले सिकलसेलका बिरामीलाई १ लाख रुपैयाँ बराबरको औषधि निःशुल्क दिने व्यवस्था मिलाएको छ । थारु जातिमा मात्रै देखिने यस रोगको समयमै उपचार हुन नसक्दा कतिपयको ज्यानसमेत जाने गरेको छ । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ‘उपाध्यक्षले चिकित्सा शिक्षा आयोग शिक्षा मन्त्रालयको एउटा शाखा बनाए’ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै… मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञवाली पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ नेपाल सरकारलाई गाभीले अनुदान दिने खोप किन्न प्रदेश सरकारको ९०… स्वास्थ्य आपूर्तिमा कार्यालय प्रमुख फेरिए, ११ औं तहकालाई हटाएर १०… धेरै पढिएका १ नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी केयर कार्यकाल गोष्ठी सम्पन्न २ किन जरुरी छ पीआईसीसी/पोर्ट प्रयोगबारेको ज्ञान ? ३ भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार ४ सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? ५ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया ६ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ७ नेपाल क्यान्सर अस्पतालमा रक्तदान कार्यक्रम Kalpana Craft ट्रेण्डिङ किन जरुरी छ पीआईसीसी/पोर्ट प्रयोगबारेको ज्ञान ? चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कस्तो हुनुपर्छ चाडबाडको खानपान ? भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया अनुहारमा चमक ल्याउन यसरी गर्नुहोस त्वचा अनुसारको टोनरको प्रयोग सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? किन जरुरी छ पीआईसीसी/पोर्ट प्रयोगबारेको ज्ञान ? चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कस्तो हुनुपर्छ चाडबाडको खानपान ? भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया अनुहारमा चमक ल्याउन यसरी गर्नुहोस त्वचा अनुसारको टोनरको प्रयोग सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ?