२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारधनगढीमा ७० लाखमा बनेको नगर स्वास्थ्य केन्द्रको उद्घाटन

धनगढीमा ७० लाखमा बनेको नगर स्वास्थ्य केन्द्रको उद्घाटन


धनगढी—धनगढी उप–महानगरपालिकाको ७० लाखको लगानीमा निर्माण गरिएको नगर स्वास्थ्य केन्द्रको उद्घाटन भएको छ ।

उपमहानगरपालिकाको वडा नम्बर १२ मा निर्माण गरिएको नगर स्वास्थ्य केन्द्र भवनको सोमबार नगरप्रमुख नृपबहादुर वडले उद्घाटन गरेका छन् ।

भवनको उद्घाटन गर्दै नगरप्रमुख वडले नगरका बासिन्दाले सहज ढंगले सेवा दिन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिए ।

‘आवश्यकताअनुसार जेष्ठ नागरिकहरुको घरमै पुगेर सेवा दिनु होला’ नगरप्रमुख वडले भने ‘महिनामा एक पटक अनिवार्य जेष्ठ नागरिकसँग स्वास्थ्यकर्मीले भेटेर सेवा दिएको हुनुपर्छ ।’

जेष्ठ नागरिकहरुको घरमै पुगेर प्रेसर जाँच गर्ने, सुगर जाँच तथा रगतको नमुना संकलन, परामर्श दिने, औषधी दिने धनगढी उप–महानगरपालिकाको अभियान रहेकाले उनले उक्त काम गर्न स्वास्थ्यकर्मीहरुलाई अनुरोधसमेत गरेका थिए ।

विगतमा नगर स्वास्थ्य केन्द्र भएका वडाहरुमा जेष्ठ नागरिकलाई घरमै पुगेर सेवा दिइएको भएपनि अब १९ वटै वडामा ती सेवा पु¥याउने योजना रहेको उप–महानगरले जनाएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ