२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यचीनमा नेपालीहरु सुरक्षित छन्ः चिनियाँ राजदूत

चीनमा नेपालीहरु सुरक्षित छन्ः चिनियाँ राजदूत


काठमाडाै–नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शुक्रवार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल संग भेटवार्ता गरेकी छन् ।

एक महिना देखी चीनमा फैलिएको नया कोरोना नोभेल भाइरसको संक्रमण विश्व व्यापी रुपमा फैलदै गर्दा राजदुतले स्वास्थ्य मन्त्री संग भेट गरेकी हुन् ।

भेटमा यान्छीले चीनले राष्ट्रपतीकै प्रत्यक्ष निग्रानीमा प्रधानमन्त्री सम्मिलित उच्च स्तरीय समिति बनाएर काम गरीरहेको जानकारी गराएकी थिइन् ।

चिनमा फैलिएको संक्रमणलाइ चाडो भन्दा चाडो नियन्त्रणमा लिन चिन सरकार लागिरहेको पनि जानकारी गराएको भेटमा सहभागी स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए ।

चिनमा रहेका नेपालीहरुको विषयमा पनि चिन सरकार गम्भीर रहेको समेत बताएकी थिइन् । उनले चिनमा रहेका नेपालीहरु सुरक्षीत रहेको र त्यहा हुन्जेल चिन सरकारले विशेष निर्गानी गर्ने जानकारी गराएकी थिइन् ।

जवाफमा स्वास्थ्य मन्त्री ढकालले चिनले गरीरहेको प्रयासको सह्राना गरेका थिए । उनले नेपाल सरकारले पनि पुर्व तयारी अवस्थामा बसेको र सिमा क्षेत्रमा पनि निग्रानी गर्न सुरु गरेको बताएका थिए ।

दुतावास र महावाणीज्य दुतावासमा सम्पर्क गर्न अनुरोध

कोरोना भाइरसको संक्रमण उच्च रहेको चीन उहान प्रान्तमा रहेका नेपालीहरुलाई चीन स्थित नेपाली दुतावासको संम्पर्कमा रहन सरकारले अनुरोध गरेको छ। नेपाली राजदूतावास बेइजिङ, हुबेइ÷वुहान सहित चीनमा रहेका सबै नेपालीहरुसँग नियमित सम्पर्कमा रहेको जनाएको छ । सरकारले विभिन्न महावाणीज्य दुतावासमा सम्पर्क गर्न हटलाइन सेवा संचालन गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
दूतावासले स्थापना गरेका हटलाइनहरु १५६५०७२००६९ (बेइजिङ) १३३१०८८४८८० (ग्वाञ्जाओ) , १८८८९०९७७३०९(ल्हासा), १८८८९०९७७३० (हङकङ) र १३८१८३६९५५९ (शांघाइ) रहेका छन् ।

भारतिय सिमामा पनि कडाइ गर्ने तयारी

हाल चीनका अन्तराष्ट्रिय विमानस्थल र चिनियाँ नाकाहरुमा मात्र उच्च निगरानीमा राखिए पनि अब भारतीय सिमा नाकाहरुमा समेत उच्च निगरानी राख्ने तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालय अन्तर्तगको स्वास्थ्य आपतकालिन इकाइ प्रमुख सागर दाहालका अनुसार आवश्यक परे भारतिय नाकाहरुमा समेत स्वास्थ्यको उच्च सर्कता अपनाउनेबारे छलफल भएको बताए।
कोरोना भाइरसको कारण चीनमा अहिलेसम्म २ सय १३ जनाको ज्यान गइसकेको छ। भाइरसले चीन बाहिर १८ देशका ९८ जनामा सङ्क्रमण भएको पुष्टि भएको डब्लुएचओले जनाएको छ ।


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ