२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिम प्रदेशमै डोटी अस्पताल उत्कृष्ट, कुन जिल्ला अस्पतालले कति अंक पाए ?

सुदूरपश्चिम प्रदेशमै डोटी अस्पताल उत्कृष्ट, कुन जिल्ला अस्पतालले कति अंक पाए ?


धनगढी—जिल्ला अस्पताल डोटी सुदूरपश्चिममा रहेका जिल्ला अस्पतालमध्ये प्रदेशकै उत्कृष्ट अस्पताल भएको छ । नेपाल सरकारद्वारा अस्पतालहरूको न्यूनतम सेवा गुणस्तर मापदण्ड मापनमा प्रदेशभरिको उत्कृष्ट अस्पताल देखिएको स्वास्थ्य निर्देशनालयका मेडिकल अधिकृत डा. भुषण मिश्रले बताए ।

३५० अंकमा विभिन्न सूचकांकलाई आधार मानी प्रदेशभर रहेका जिल्ला अस्पताल वा जिल्लास्तरका प्राथमिक अस्पतालहरूमध्ये डोटी अस्पतालले ७७ प्रतिशत अंक प्राप्त गर्दै प्रथम भएको हो । सुदूरपश्चिम ६ महिनाअघि भएको गुणस्तरीय सेवा मापदण्ड फलोअपमा डोटी र अछाम दुई अस्पताल ८९.५ प्रतिशतका साथ उत्कृष्ट भएको थियो ।

सरकारबाट अस्पतालहरूले न्यूनतम रूपमा प्रदान गर्नुपर्ने सेवाको अवस्था यथार्थ अवस्था के छ, ग्याप कहाँ छ ? लगायतका विषयमा ६—६ महिनामा मापन हुने गर्छ । यसपटक माघ महिनामा भएको आठौं फ्लोअपमा यसअघिको फ्लोअपमा पूरानो जिल्ला अस्पताल वा सोसरहको मापदण्डअनुसार कुल ३५० अंकमा विभिन्न सूचकांकका आधारमा अस्पतालहरूको मूल्यांकन गरिएको हो ।

सुशासन तथा व्यवस्थापन, उपचार सेवा र अस्पतालका सहयोगी संयन्त्रगरी मूख्य तीन सूचक गरी ७ सय ६९ सूचक निर्धारण गरी अस्पतालको सेवाको गुणस्तर मापन भएको मूल्यांकनमा खटिएका स्वास्थ्य निर्देशनालयका मेडिकल अधिकृत डा. मिश्रले बताए ।

यसअघि डोटीसँगै समान स्थानमा रहेको अछाम अस्पताल ७१ प्रतिशत अंक प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ । अस्पतालको न्यूनतम सेवा गुणस्तर मापदण्डमा डोटी अस्पतालले प्राप्त गरेको अंक प्रतिशत नयाँ परिस्कृत मापदण्डअनुसार मूल्यांकन गर्दा पहिलाभन्दा सबै अस्पतालको अंक प्रतिशत घटेको निक साइमन्स इन्स्टिच्युटकी आइस्ता शाहीले बताइन् ।

प्रदेशको उत्कृष्ट अस्पताललाई अझ थप सुविधा सम्पन्न बनाउँदै जैजाने जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशीले बताए । जिल्ला अस्पतालहरूमध्येमा गरिएको सर्वेक्षणमा डोटी ७७, अछाम ७१, बझाङ ७०, दार्चुला ७० बैतडी ६५ र बाजुरा ५५ प्रतिशत अंक प्राप्त गरेको स्वास्थ्य निर्देशनालय राजपुरले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ