२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबाजुरामा फैलिएको भाइरल : ‘इन्फुल्जा ए भाइरस’

बाजुरामा फैलिएको भाइरल : ‘इन्फुल्जा ए भाइरस’


धनगढी—बाजुरा जिल्लाको हिमाली र स्वामीकात्तिक खापर गाउँपालिकामा देखिएको ज्वरोको संक्रमण इन्फुल्जा ‘ए’ भाइरस रहेको पुष्टी भएको छ । चार जनाको ल्याब नमूना परीक्षणपछि रुघाखोकी र ज्वरोको संक्रमण इन्फुल्जा ‘ए’ भाइरस रहेको प्रमाणित भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परीक्षणले ज्वरो र रुघाखोकीको संक्रमण इन्फुल्जा ‘ए’ भाइरसकै कारण भएको देखिएको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए ।

संक्रमण हप्ता दिनसम्म हिमालीको बोल्डिक र स्वामी कात्तिकको जोरुपमा व्यापक रुपमा फैलिएको थियो । जुन संक्रमणले करिब एक हजार २ सय बढी बिरामी परेका थिए भने स्वास्थ्यकर्मीले एक हप्तामा एक हजार १ सय ७० को उपचार गरेका थिए ।

परीक्षण गरिएका चारमध्ये दुई जनालाई इन्फुल्जा ‘ए’ भाइरस देखापरेको र एकलाई इन्फुल्जा ‘बी’ भाइरस पुष्टि भएको वरिष्ठ जनस्वास्थ्य अधिकृत पन्तको भनाइ छ । यो भाइरलले मानिसको शरीरमा एक्कासी आक्रमण गर्ने गरेको छ । यही भाइरसले सन् २००९ मा विश्वमा नै महामारीको रुप लिएको थियो ।

संक्रमणले महामारीको रुप लिएपछि गाउँपालिकाभित्रका गाउँ–गाउँमा पुगेर चिकित्सकसहितको टोलीले उपचार गरेको र हाल पूर्णरुपमा नियन्त्रणमा आइसकेको हिमालीका स्वास्थ्य संयोजक राज भण्डारीले जानकारी दिए । ल्याब परीक्षण प्रतिवेदनपछि अर्कोपटक देखापरे उपचारमा सजिलो हुने र स्थानीयवासीलाई पनि समयमै सचेत गराउन सहयोग पुग्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ