२०८१ साउन ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोना अपडेट : ६४ हजार २ सय ७० संक्रमित स्वस्थ भएर घर फर्किए

कोरोना अपडेट : ६४ हजार २ सय ७० संक्रमित स्वस्थ भएर घर फर्किए


कोभिड १९ बाट मृत्यु हुने संख्या तीव्ररुपमा बढ्दै गएको छ। पछिल्लो तथ्याङ्क अनुसार विश्वभर गरेर मृतकको संख्या ४ हजार २७ पुगेको छ। चीनको हुवेई प्रान्तको राजधानी वुहानबाट शुरु भएको कोरोना भाइरसको चपेटामा विश्वका १ सय १ भन्दा बढी देश परेको छ।

कोरोना भाइरसबाट मृत्यु हुने संख्या झन्डै ४ हजार नाघेको छ भने १ लाख १४ हजार ४ सय ५८ संक्रमित जिन्दगी र मृत्युसँग लडिरहेका छन्। ६४ हजार २ सय ७० संक्रमित भने पुन: स्वस्थ भएर घर फर्किएका छन्।

८ नयाँ देशमा कोरोना संक्रमणको पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। संगठनको ताजा रिपोर्ट अनुसार पछिल्लो २४ घण्टाभित्र बुल्गारिया, कोस्टा रिका, फारे द्वीप, फ्रेंच गुयाना, मालदीव, माल्टा, मार्टिनीकी र रिपब्लिक अफ मोलडोवा समेत ८ नयाँ देशमा कोरोना भाइरसको मामला पुष्टि भएको हो।

चीनमा हालसम्म ३ हजार १ सय ३६ संक्रमितको मृत्यु भईसकेको छ भने ६० हजार ९३ जना पुन स्वस्थ भएर घर फर्किएका छन्। अब १७ हजार ५ सय २८ जनामा मात्रै कोरोना संक्रमण देखिएको छ। चीनमा मृत्यु हुने ८० प्रतिशत मामला ६० वर्षमाथिका रहेको जानकारी छ। चीनमा संक्रमणको घट्दो प्रभाव बने सँगै चिनियाँ राष्ट्रपति सी जिन्पिङ कोरोना भाइरसबाट प्रभावित क्षेत्र वुहानको अवलोकन गर्न पुगेका छन्।

युरोपमा मृतकको संख्या ५०० नाघेको छ। चीनपछि सबैभन्दा बढी कोरोना प्रभावित बनेको देश इटालीमा मृतकको संख्या ४ सय ६३ पुगेको छ भने ७ हजार ९ सय ८५ संक्रमित छन् जस मध्य ७ सय ३३ जनाको अबस्था निकै गम्भीर छ। ईरानमा अहिलेसम्म २ सय ३७ को मृत्यु भईसकेको छ। दक्षिण कोरियामा यो भाइरसबाट ज्यान जानेको संख्या ५४ पुगेको छ ।

अमेरिकामा यस संक्रमणबाट २२ जनाको मृत्यु भएको छ। अहिलेसम्म कुल ५ सय ४५ को मामला पुष्टि भैसकेको छ। स्पेन र फ्रान्समा ३० जनाको ज्यान गएको छ भने अमेरिकामा पनि यो भाइरसबाट मृत्यु हुनेको संख्या २७ पुगिसकेको छ।

त्यस्तै, पेरिसमा मानिसलाई समुह बनाएर बस्न प्रतिबन्ध लगाइएको छ। यहाँ १९ संक्रिमतको मृत्यु भईसकेको छ। जर्मनीमा पहिलोपटक दुई जना कोभिड संक्रमितको मृत्यु भएको छ। जर्मनीमा कोरोना संक्रमितको संख्या बढेर १ हजार माथि पुगेको रोबर्ट कोच रोग नियंत्रण केन्द्रले तथ्याङ्क सार्वजनिक गरेको छ। क्यानाडामा एक जना संक्रमितको मृत्यु भएको छ।

छिमेकी राष्ट्र भारतमा पनि उक्त भाइरसको संक्रमण बढ्दै गएको छ। हालसम्म १९२१ नयाँ केस आएको छ भने ती मध्य ४३ जनामा संक्रमणको पुष्टि भई सकेको छ। पाकिस्तानमा ७ केस पुष्टि भएको पाकिस्तानका स्वास्थ्य मन्त्री जफर मिर्जाले जनाएका हुन्। त्यस्तै फिलीपिन्समा १० व्यक्तिमा यो भाइरसको संक्रमणको पुष्टि भएको छ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ