२०८३ असोज १७, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ रक्सी खाएर कोरोना संक्रमणबाट मुक्त हुने विश्वासमा इरानमा गयो २७ जनाको ज्यान

रक्सी खाएर कोरोना संक्रमणबाट मुक्त हुने विश्वासमा इरानमा गयो २७ जनाको ज्यान


इरानको खुजस्तान र अल्बोर्ज प्रान्तहरूमा कोरोनाभाइरसको संक्रमणलाई रोक्न खोज्दा २७ जनाले ज्यान गुमाएका छन्। कोरोना भाइरस लागेको ठीक हुने विश्वासले रक्सी खाएपछि उक्त २७ जनाको ज्यान गएको हो।

इरानको आह्वज मेडिकल साइन्स विश्वविद्यालयका प्रवक्ता अली एहसानपुरले भने इरानी समाचार एजेन्सीसँगको कुराकानीमा भने, “अहवाजका केही नागरिकले यो कुरा सुनेका थिए कि मद्यपानले उनीहरूलाई कोरोनाभाइरस विरुद्ध लड्न मद्दत गर्दछ, त्यसैले उनीहरूले यसलाई एक रोकथामको उपायको रूपमा प्रयोग गरे।’

इरानमा कोविड-१९ को प्रकोपसँगै भाइरससँग कसरी लड्ने भन्ने बारेमा समाजिक संजालमा अफवाह फैलिएको छ। त्यही अफवाहमध्ये रक्सी पिउने कुरा पनि एक थियो।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ