२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्य‘कोभिड १९’ प्रकृति परिवर्तनको परिणाम भएको चिनियाँ वैज्ञानिकको दावी

‘कोभिड १९’ प्रकृति परिवर्तनको परिणाम भएको चिनियाँ वैज्ञानिकको दावी


विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस प्रकृतिमा भएको परिवर्तनको परिणाम भएको चिनियाँ वैज्ञानिकको दावी छ। नेचर मेडिसिन जर्नलमा प्रकाशित एक अध्ययनको अनुसार चिनियाँ वैज्ञानिकहरुले कोभिड संक्रमण (SARS-CoV-2) को जीनबारे विश्लेषण गरेका थिए। उक्त अध्ययनमा ‘कोभिड १९’ प्रकृतिमा भएको परिवर्तनको परिणाम रहेको पाइएको हो।

‘यो भाइरस न कुनै ल्याबमा तयार पारिएको हो न कुनै आजसम्म ठोस प्रमाण फेला परेको छ।’ अनुसन्धानकर्ता क्रिस्टियन एंडरसनले भने, ‘नयाँ कोरोना भाइरसको जीनहरुको अनुक्रम र अहिलेसम्मको तथ्याङ्कको आधारमा अध्ययन भएको छ। यसअध्ययनबाट प्राकृतिक प्रकृयाको परिणाम देखिएको स्पष्ट छ।’

त्यस्तै, ‘काेभिड–१९’ सङ्क्रमणको केन्द्र बनेको चीनको वुहान शहरमा बुधबार नयाँ सङ्क्रमित शून्य पाइएको छ । डिसेम्बरको सुरुवातमा वुहानमा पहिलो संक्रमण देखिएको थियो भने वुहान हुँदै हाल विश्व नै कोरोनाको जोखिममा परेको छ।

पछिल्लो तथ्याङ्क अनुसार विश्वभर गरेर २ लाख १९ हजार ५ सय ४८ कोरोना संक्रमित छन् भने ८ हजार ९ सय ७१ जनाको मृत्यु भइसकेको छ। ८ हजार ९ सय ७१ कोरोना संक्रमित पुन स्वस्थ भएर घर फर्किएका छन्।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ