२०८१ असोज २, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यभारतमा ‘कोभिड १९’ बाट इटालीका एक नागरिकको मृत्यु, संक्रमितको संख्या २०५ पुग्यो

भारतमा ‘कोभिड १९’ बाट इटालीका एक नागरिकको मृत्यु, संक्रमितको संख्या २०५ पुग्यो


भारतमा कोरोना भाइरस संक्रमणबाट इटलीका एक नागरिकको मृत्यु भएको छ। शुक्रबार ६९ वर्षीय एन्डी कार्लीको मृत्यु भएको हो। उनी सहित् भारत घुम्न आएका १६ जनाको समूहलाई नै कोरोनाको संक्रमण देखिएको थियो।

कार्लीसँगै भारतमा कोरोना संक्रमण हुने संख्या ५ पुगेको छ। पंजाबमा आइतबार कोरोना संक्रमणबाट ७० वर्षीय वृद्धको मृत्यु भएको थियो। अन्य ३ संक्रमितको मृत्यु दिल्ली तेलंगाना र महाराष्ट्रमा भएको हो।

मृतककी श्रीमती भारतको जयपुरमा र बाँकी १४ संक्रमितलाई हरियानामा क्वारेन्टाइनमा राखिएको छ। भारतमा संक्रमितको संख्या तीव्ररुपमा बढिरहेको छ। पछिल्लो तथ्याङ्क अनुसार भारतमा २ सय ५ जना कोरोना संक्रमित छन्।

राजस्थानमा आइतबार एक दम्पतिमा कोरोना संक्रमण देखिएको थियो। दुवैलाई आइसोलेसन मा राखिएको छ। उनीहरु १७ मार्चमा स्पेनबाट दुबई हुँदै भारत फर्किएका थिए। त्यस्तै उत्तर खण्डमा भारतीय वन सेवाका दुई ट्रेनी अफिसरलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

भारतका कयौ क्षेत्रमा शैक्षिक संस्था, रेस्टुरेन्ट, जीम सेन्टर लगायतका स्थानहरु बन्द गरिएका छन् भने २० जना भन्दा बढी व्यक्ति बेला हुन् नपाइने व्यवस्था गरिएको छ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ