२०८१ भदौ २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्य‘कोभिड १९’ बाट १ सय ८८ देश प्रभावित, इटालीमा आज आपतकालीन वैठक बसिदै

‘कोभिड १९’ बाट १ सय ८८ देश प्रभावित, इटालीमा आज आपतकालीन वैठक बसिदै


वासिङ्गटन – विश्वमा कोभिडको संक्रमण फैलिने क्रम अझै रोकिएको छैन । आइतबार विहानसम्म १ सय ८८ देश कोरोना संक्रमणबाट प्रभावित बनेको छ। हालसम्म ३ लाख ६ हजार ९ सय ३९ केस देखिएको छ भने १३ हजार ३२ संक्रमितले ज्यान गुमाईसकेका छन्। यसैबीच ९५ हजार ४ सय ९८ संक्रमित पुन स्वस्थ भएर घर फर्किएका छन्।

इटालीमा शनिबार मात्रै ७ सय ९३ संक्रमितको मृत्यु भएको थियो। इटालीका महान फुटबलर माल्दिनीको टेस्ट रिपोर्ट पनि पोजेटिभ देखियो। संक्रमण र मृत्युको संख्या बढ्दै गए पछि आइतबार इटाली सरकारले आपतकालीन वैठक राखेको छ। हेल्थ एक्सपर्ट इटलीको अवस्थाबाट चिन्तित छन्। उनीहरुको अनुसार, संक्रमण रोक्न हरेक सम्भव उपाय अपनाइएको छ। इटालीमा अहिलेसम्म ५३ हजार ५ सय ७८ केस देखिएको छ भने ४ हजार ८ सय २५ संक्रमितले ज्यान गुमाइसकेका छन्।

चीनमा पहिला आतंक मच्चाएको यो भाइरस अब अन्य देशमा फैलिरहेको छ। चीनमा विस्तारै सुधिरहेको छ। हुवेई प्रान्तमा आइतबार कुनै नया केस देखिएको छैन। यता अमेरिकाका उपराष्ट्रपति माइक पेन्सकी श्रीमतीको रिपोर्ट नेगेटिभ आएको छ।

न्यूयोर्कको जेलमा ३८ कैदी संक्रमित पाइएको छ। सीएनएनको अनुसार, ५८ अन्य कैदीको भने रिपोर्ट आइपुगेको छैन। जेलमा हालै क्वारेन्टाइनको सुविधा दिईएको छ। यता, जर्मनीले आफ्नो सबै सिमा बन्द गरेको छ।

स्पेन : २४ घण्टामा ५ हजार नयाँ केस

स्पेनमा कोभिड- १९लाई रोक्न अहिलेसम्म गरिएको प्रयास सफल बनेको छैन। शनिवारमात्रै ५ हजार नयाँ केस देखिएको छ। आइतबारसम्म कुल मिलाएर २५ हजार ४ सय ९६ संक्रमित पाइएको छ भने १ हजार ७ सय ३८ संक्रमितले ज्यान गुमाएका छन्। यसको साथै सरकारले लकडाउन गरेको छ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ