२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यडब्ल्युएचओ तयार गर्यो कोभिड-१९ उपचारमा संलग्न स्वास्थ्यकर्मीले प्रयोग गर्ने पीपीईको नयाँ मापदण्ड 

डब्ल्युएचओ तयार गर्यो कोभिड-१९ उपचारमा संलग्न स्वास्थ्यकर्मीले प्रयोग गर्ने पीपीईको नयाँ मापदण्ड 


काठमाडौं– ‘कोभिड-१९’ को संक्रमण फैलिएसँगै यसबाट जोगिने विषयमा धेरै अध्ययन अनुसन्धान भएका छन् । नयाँ भाइरस भएका कारण यसबाट बच्ने उपाय ठ्याक्कै यही हो भन्ने कसैले पनि एकिन गर्न सकेको छैन । विश्वको स्वास्थ्य सम्बन्धि रणनीति बनाउने, कार्यन्वयनमा सहयोग गर्ने र सबै देशहरुको प्रतिनिधित्व गर्ने विश्व स्वास्थ्य संगठन आधिकारिक निकाय हो ।

अहिले महामारीको रुपमा फैलिएको ‘कोभिड-१९’ लाई नियन्त्रण र रोकथाम गर्न उसले महत्वपूर्ण भूमिका खेलिरहेको छ । यससँग जुध्ने रणनीति तय गर्ने, जनमानसलाई सही जानकारी प्रदान गर्ने काम पनि गरिरहेको छ । ‘कोभिड-१९’सँग जोडिएर आम मानिसले प्रयोग गर्ने मास्कदेखि लिएर उपचारमा संलग्न चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीका लागि कस्ता कस्ता व्यक्तिगत सुरक्षा कवच (पीपीई) आवश्यक छ र अवलम्बन गर्नुपर्छ भन्ने विषयमा गत १९ मार्चमा सूचना सामाग्री सार्वजनिक गरेको छ ।

नेपालमा पछिल्लो समय तीन जनामा कोभिडको संक्रमण पुष्टी हुनु अगावै आम मानिसमा मास्क र आम स्वास्थयकर्मीमा पीपीई अपुग भएको गुनासो आइरहेका छन् । सोही सन्दर्भमा के सबैलाई मास्क र पीपीई आवश्यक छ त ? विश्व स्वास्थ्य संगठनले १९ मार्चमा सार्वजनिक गरेको मापदण्डलाइ हामीले अनुवाद गरेका हौं ।

१ जाँच गर्ने ठाउँ (प्रस्थान गर्ने स्थान) गर्ने कर्मचारीमा

प्रत्यक्ष सम्पर्कमा नआई गर्ने पहिलो जाँच (तापक्रम नाप्ने): 

  • कम्तिमा पनि १ मिटरको दूरी कायम गर्ने
  • पीपीईको आवश्यक नभएको

दोस्रो जाँच (कोभिड-१९ लक्षण, ज्वरो आए नआएको तथा यात्राको विषयमा सोधपुछ गर्ने)

  • मेडिकल मास्क तथा पञ्जा

२. प्रतिक्रिया दिंदा (बाहिरी तथा भित्री बिरामीलाई सेवा प्रदान गर्दा) स्वास्थ्यकर्मीहरु

प्रत्यक्ष सम्पर्कमा नआई गरिने प्रारम्भिक जाँच

  • कम्तिमा पनि १ मिटरको दूरी कायम गर्ने
  • पीपीईको आवश्यक नभएको

३. परामर्श कक्षका स्वास्थ्यकर्मीहरु

श्वासप्रश्वास सम्बन्धि समस्या भएका बिरामीको स्वास्थ्य परीक्षण गर्ने क्रममा

  • मेडिकल मास्क
  • गाउन
  • पञ्जा
  • आई प्रोटेक्सन (आँखा सुरक्षित राख्ने उपकरण)


श्वासप्रश्वास सम्बन्धि समस्या नभएका बिरामीको स्वास्थ्य परीक्षण गर्ने क्रममा

  • जोखिम तथा सावधानी अनुसारको पीपीई आवश्यक

३. बिरामी कक्षका स्वास्थ्यकर्मीहरु

प्रत्यक्ष रुपमा कोभिड १९ संक्रमितलाई सेवा दिने क्रममा

  • मेडिकल मास्क
  • गाउन
  • पञ्जा
  • आई प्रोटेक्सन (आँखा सुरक्षित राख्ने उपकरण) तथा फेस मास्क (अनुहार ढाक्ने सामाग्री)

कोभिड १९ संक्रमित एरोसोल उत्पादन प्रक्रियाका प्रदर्शन गर्ने क्रममा

  • एन नाइन्टी फाइभ तथा उच्चस्तरका प्रतिरोधात्मक सामाग्री मेडिकल मास्क
  • गाउन
  • पञ्जा
  • आई प्रोटेक्सन (आँखा सुरक्षित राख्ने उपकरण)
  • तथा फेस मास्क (अनुहार ढाक्ने सामाग्री)

स्रोतः डब्लूएचओ


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ