२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपाल मेडिसिटी अस्पतालमा एभरेष्ट बैंकका ग्राहकलाई ७ प्रतिशत छुट

नेपाल मेडिसिटी अस्पतालमा एभरेष्ट बैंकका ग्राहकलाई ७ प्रतिशत छुट


काठमाडौं–नेपाल मेडिसिटी हस्पिटलसँग एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । नेपालको भैसीपाटी, ललितपुरस्थित नेपाल मेडिसिटी हस्पिटलमा बहु–अनुशासनिक ढंगबाट उत्कृष्ट चिकित्सक तथा अत्याधुनिक प्रविधिहरुबाट समग्र रोगहरुको उपचार गरिन्छ ।

नेपाल मेडिसिटी दक्षिण एसियाकै स्वास्थ्य सेवा गन्तव्यको रुपमा विकसित भएको छ । बैंक र हस्पिटलबीच हस्ताक्षर भएको एमओयुअनुसार ग्राहकहरुले औषधि बिल, डिस्पोजेबल प्रत्यारोपण, ओपीडी परामर्श तथा प्याकेजबाहेक अन्य सेवा–सुविधाहरुमा ७ प्रतिशत छुट पाउन सक्नेछन् ।

साझेदारीअनुसार एभरेष्ट बैंकका ग्राहकहरुले भिसा डेबिट कार्ड स्वाइप गरेर उपलब्ध अफरहरुको लाभ लिन सक्नेछन् । ‘सर्भिस वीथ स्माइल’ नारासहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टीलाई मध्यनजर गर्दै आएको छ ।

एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाखभन्दा बढी रहेको छ । जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११९ एटिएम तथा बृहत बाह्य सन्जालमार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ