२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यभेन्टिलेटरले कसरी मद्दत गर्छ कोभिड–१९ बिरामीलाई?

भेन्टिलेटरले कसरी मद्दत गर्छ कोभिड–१९ बिरामीलाई?


कोभिड–१९ संक्रमणले सर्वप्रथम हानी गर्ने भनेको फोक्सोमा नै हो । त्यसैले यसको संक्रमण व्यक्तिमा देखिएपछि यसले सबैभन्दा पहिले व्यक्तिको श्वासप्रणालीमा असर पार्दछ । जसकारण कोभिड–१९ संक्रमितलाई भेन्टिलेटरको आवश्यकता पर्दछ ।

मेकानिकल भेन्टिलेटरहरु श्वास फेर्न गाह्रो भएका व्यक्तिलाई श्वास फेर्न मद्धत गर्दछ । तसर्थ, अमेरिकन थोरेसिस सोसाइटीकाअनुसार श्वास फेर्न नसक्ने व्यक्तिहरु यसलाई जीवन समर्थनको मेसिन मान्छन् भने यसलाई श्वास फेर्ने मेसिन भनेर पनि चिनिन्छ । वर्तमान अवस्थामा विश्वव्यापी रुपमा कोभिड–१९ आक्रामक अवस्थामा फैलिरहेको छ ।

सामान्यतयाः हावाको माध्यमबाट यो भाइरस व्यक्तिको शरीरमा प्रवेश गर्दछ । र, यसले सबैभन्दा पहिले व्यक्तिको फोक्सोको कोषिकाहरुमा असर पार्दछ । त्यसैकारण यस भाइरसबाट संक्रमित भएको व्यक्तिमा श्वासप्रश्वास प्रणालीमा पनि असर देखिन्छ

कोभिड–१९ बाट संक्रमित भएका व्यक्तिको निम्ति व्यक्तिको निम्ति प्रत्येक मिनेटमा भेन्टिलेटरले महत्वपूर्ण भूमिका खेल्दछ । एक निश्चित अवधिमा बिरामीले पर्याप्त श्वास लिन नसकेको अवस्थामा चिकित्सकले बिरामीको निम्ति स्वचालित रुपमा श्वास फेर्न बनाउन भेन्टिलेटरको प्रयोग गर्छन् ।

अहिलेसम्म देखिएका अधिकांश केसअनुसार कोरोना भाइरसले व्यक्तिको फोक्सोमा असर पार्दै श्वासनलीलाई खुकुलो बनाउँछ । त्यसैले भेन्टिलेटरको ट्युब मुखभित्र लगेर शरीरको भित्री भागसम्म पु¥याएमा त्यसले बिरामीलाई श्वास फेर्न मद्धत गर्दछ ।

भेन्टिलेटरलाई कोभिड–१९ संक्रमित व्यक्तिको लागि उचित मानिएता पनि यसको माध्यमबाट श्वास फेर्न बिरामीलाई तुलनात्मक रुपमा असहज हुन्छ । वेब एमडिकाअनुसार यसरी श्वास फेर्न सहज होस् भन्नका निम्ति बिरामीलाईृ प्रयोग गरिएको हावा प्रवाह गर्ने भेन्टिलेटरको पाइप (ट्युब) कै कारण व्यक्तिमा बोल्न, खान र पिउनको निम्ति समस्या देखा पर्दछ । त्यसकारण तिनीहरुलाई आवश्यक पोषकतत्वहरु आईभी (IV) माध्यमद्धारा प्रदान गरिन्छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ