२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यश्वासप्रश्वासको समस्या देखिएपछि युकेका प्रधानमन्त्री बोरिस जोनसन आइसियुमा

श्वासप्रश्वासको समस्या देखिएपछि युकेका प्रधानमन्त्री बोरिस जोनसन आइसियुमा


‘कोभिड -१९’ को लक्षण देखिएपछि अस्पताल भर्ना भएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई उच्च निगरानीमा अस्पतालको   ‘आइसीयु वार्ड’ मा राखिएको छ । बिबिसीका राजनितिज्ञ संवाददात्ता क्रिस म्याजनले बेलायती प्रधानमन्त्री जोनसनलाई अस्पतालमा उच्च निगरानीमा राख्नुअघि अक्सिजन दिएको जानकारी दिएका हुन् ।

श्वासप्रश्वास सम्बन्धि समस्या देखिएको पछि उनलाई भेन्टिलरको सहायता लिनुपर्ने स्थिति बनेको हो ।

५५ वर्षीय उनमा लगातार कोभिड १९ को लक्षण देखिएपछि आइतबार साँझ सेन्ट थोमस अस्पतालमा भर्ना भएका थिए । उनको स्वास्थ्य स्थितिबारे बेलायती रानीले बुकिङ्गघाम प्यालेसबाटैे जानकारी दिएकी थिइन् ।

डाउनिङ्ग स्ट्रिटका अनुसार मेडिकल टोलीको सल्लाहमा युनिटमा सरेका उनले हाल उत्कृष्ट हेरचाह पाइरहेका छन् । जोनसनले विदेश सचिव डोमिनिक राबलाई, आवश्यकता भएमा आफूलाई त्यहाँ हटाउन समेत आग्रह गरेको एक प्रवक्ताको भनाई रहेको छ ।

उनको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा फ्रान्सेली राष्ट्रपति इम्यान्युअल म्याक्रनले शुभकामना सन्देश व्यक्त गरेका छन् ।

यद्यपि कोभिड१९ को लक्षण देखिएपछि भेन्टिलेटरको सहायता लिनुपर्ने अवस्था भएको व्यक्ति उनी मात्रै भने होइनन् ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ