२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यमिस इंग्ल्याण्डको ताज फुकालेर कोरोना विरामीको सेवामा

मिस इंग्ल्याण्डको ताज फुकालेर कोरोना विरामीको सेवामा


इंग्ल्याण्ड सुन्दरी मुखर्जी पेसाले एक डाक्टर हुन्। जब उनले मिस इंग्ल्याण्डको उपाधि हासिल गरिन तब उनले उक्त पेसा छोडेकी थिइन्। तर पछिल्लो समय बेलायतमा पनि कोभिड १९को महामारी फैलिएपछि उनले कोरोना विरामीको उपचारमा संलग्न हुने निर्णय लिएकी हुन्।

सीएनएनको अनुसार, सद्भावना दूत बन्न विभिन्न देशबाट अफर आएपछि चिकित्सा पेसामा केहि समयका लागि उनले ब्रेक लगाएकी थिईन। उनले सीएनएनसँगको कुराकानीमा भनिन्, ‘मलाई अफ्रिका, टर्की, भारत, पाकिस्तान र अन्य एशियालीमुलुकबाट विभिन्न च्यारीटीमा दुत्त बन्न आमन्त्रित गरिएको थियो।”

धेरै अफर आए पनि यस वर्षको अगस्टसम्म मानवीय काममा ध्यान केन्द्रित गर्ने योजना बनाएको उनले बताइन। मार्चको सुरुवातमा उनी ‘कभेन्ट्री मर्सिया लायन्स क्लब’को तर्फबाट भारतमा चार हप्ताको लागि विकास र सामुदायका लागि राजदूत थिइन्। तर कोरोना भाइरसको संक्रमण फैलिएसंगै आफ्नो घर बेलायत फर्किएकी उनले आफ्नो पुरानो अस्पतालका सहकर्मीहरुबाट समस्या भएको सन्देश पाइन् । त्यसपछि उनले अस्पतालको व्यवस्थापन टोलीलाई आफु काममा फर्कन चाहेको कुरा उल्लेख गरिन।

श्वासप्रश्वास सम्बन्धि डाक्टर रहेकी उनी ९ वर्षको उमेरमा हुँदा उनको परिवार भारतको कलकत्ताबाट बेलायतमा बसाईसराई गरेका हुन्।

सोमबार मात्रै बेलायतमा ४८ हजार कोरोना संक्रमणको केस पुष्टि भएको छ भने करिव  ५ हजार संक्रमितको मृत्यु भएको थियो। र हालसम्म ५ हजार ३ सय ७३ संक्रमितको मृत्यु भईसकेको छ ।

-सीएनएन 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ