२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यलकडाउनको समयमा कसरी स्वस्थ्य रहने ?

लकडाउनको समयमा कसरी स्वस्थ्य रहने ?


बाहिरी भीडभाडबाट आफूलाई टाढा (सेल्फ आइसोलेसनमा) राख्नु नै कोभिड–१९ बाट बच्ने सबैभन्दा उत्तम उपाय हो । यसरी लगातार घरमा बस्दै गर्दा हाम्रो दैनिकीमा गडबडी देखा परी व्यक्ति विभिन्न किसिमका मानसिक समस्या एवं तनावको शिकार हुन पुग्दछ । विभिन्न अध्ययनअनुसार यस्तो अवस्थामा व्यक्तिले खानपिनलाई विशेष प्राथमिकता दिन्छन् ।

यस्तो अवस्थामा व्यक्तिले आवश्यकभन्दा बढी खानाहरु खाने, शारीरिक व्यायाममा ध्यान नदिने तथा मादक पदार्थको बढी सेवन गर्नेजस्ता गतिविधिहरु अपनाउन थाल्दछ । तर, तनाव र शरीर निस्क्रिय भएको अवस्थामा प्रयोग गरिएको त्यस्ता खाना व्यक्तिको स्वास्थ्यको निम्ति हानिकारक बन्ने विज्ञहरु बताउँछन् । र, यसैबाट एक अस्वस्थ्यकर जीवनशैलीको सिर्जना हुन पुग्छ । तसर्थ यस्ता समस्या देखा नपरोस् भन्नका लागि हामीले सबैभन्दा पहिले आफूमा भएको तानवबाट टाढा हुने कोशिस गर्नुपर्छ । यहाँ यस्ता अस्वस्थ्यकर अवस्थाबाट छुटाकारा पाउने केही उपायहरु समावेश गरिएको छः

 

खानाप्रतिको लोभ हटाउनुहोस्

घरमा बसिरहेको अवस्थामा हामी भोक नभएतापनि मिठो तथा मनपर्ने खाना बारम्बार खाइरहन मन पराउँछौ । केही अध्ययनअनुसार उच्च क्यालोरी खानाहरुले स्ट्रियटमलाई उत्तेजित गर्दछ । यो व्यक्तिको मस्तिष्कको एक भाग हो । यसले व्यक्तिको आवेग एवं रिस नियन्त्रण गर्ने क्षमतालाई परिमार्जन गर्दछ । जसकारण व्यक्तिमा खानाप्रतिको अनावश्यक मोह बढ्न पुग्छ ।

स्वस्थ्य खानाको सेड्युल व्यवस्थित गर्नु

तपाई आफ्नो अन्य दैनिकीबाट टाढा रहनु भएतापनि आफ्नो खानपिनको दैनिकिलाई भने यथावत नै राख्नुपर्दछ । यदि तपाईले लकडाउन अघि दिनमा ३ पटक खाना लिनुहुन्थ्यो भने अन्यत्र नगई तपाईले घरभित्र बसेरै काम गरिरहेको अवस्थामा पनि ३ पटकसम्म खाना लिदा कुनै पनि किसिमको आपत सिर्जना हुँदैन । यदि तपाई त्यसो गरिरहनु भएको छ भने तपाईले सोही दैनिकी खाना अपनाउन थाल्नु पर्दछ ।

आफूभित्रको दक्षतालाई बाहिर ल्याउनुहोस

यस्तो अवस्थामा हामीमध्ये धेरैले रेस्टुरेन्ट तथा बाहिरी खानालाई मिस गरिरहेको होला । तसर्थ, यो समयमा आफूभित्र भएको दक्षतालाई बाहिर प्रस्फूटन गर्ने उपयुक्त समय हो । यसबाट आफ्नो दक्षता बढ्नुका साथै घरमै बनाइएका खानाले स्वास्थ्यमा पनि फाइदा पु¥याउँछ । यस सम्बन्धि गरिएको एक अनुसन्धानले देखाएअनुसार हप्तामा कम्तिमा पनि ५ पटक घरमै बनाएको खानाले करिब २८ प्रतिशत मोटोपनको समस्या देखिन सक्ने सम्भावना कम गराउँछ ।

हाईड्रेट रहनु 

यसरी घरैमा रहनु भनेको तपाईलाई आफ्नो स्वास्थ्यको पूर्ण ख्याल राख्ने समय मिल्नु पनि हो । तसर्थ यस समयमा तनावबाट जोगिनको निम्ति आवश्यक झोलिलो खाना तथा पानीको सेवनद्धारा हाइड्रेसन कायम राख्नु पर्दछ ।

शारीरिक सक्रियता

दैनिकी परिवर्तित विभिन्न किसिमका शारीरिक क्रियाकलापहरुद्धारा आफ्नो शरीरलाई सक्रिय बनाई राख्नुपर्दछ । यसले तपाई अल्छीपन, तनावलाई कम गराउँदै खानाप्रतिको रुचीलाई बढाउँछ ।

अल्छीपनलाई रोक्नुहोस्

जब तपाई आफूलाई फुर्सदमा पाउनुहुन्छ, तब आफूलाई एकाग्रमा चिन्तनमा लैजानुहोस् । अर्थात्, त्यस समयमा आफ्नो रुची केमा छ र आफू कसरी व्यस्त रहन सकिन्छ त्यसबारे सोच्न सकिन्छ ।

खाना नियन्त्रण गर्न अभ्यास

खानामा रुची भएकोले हामी खाली पेटमा नै स्न्याक्स खानुलाई सामान्य मान्छौ । फलस्वरुप यसले शरीरमा नकरात्मक असर पु¥याउँछ । तसर्थ हामीले एकैपटमा धेरै खाना खानुभन्दा कम गरेर थोरै–थोरै गरेर खानुपर्दछ ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ