२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यविश्व स्वास्थ्य संगठनलाई दिदैं आएको आर्थिक सहायता रोक्न ट्रम्पको निर्देशन

विश्व स्वास्थ्य संगठनलाई दिदैं आएको आर्थिक सहायता रोक्न ट्रम्पको निर्देशन


वासिंगटन-अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई दिदैं आएको आर्थिक सहायता रोक्का गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओले प्रभावकारी काम गर्न असफल भएको भन्दैं आर्थिक सहायता रोक्न निर्देशन दिएका हुन् ।

ट्रम्पले कोरोना भाइरस फैलनबाट रोक्न डब्लूएचओ असफल भएको आरोप समेत लगएका छन् । ‘हामीले डब्लूएचओको भूमिकाको समीक्षा ग¥यौं,’ राष्ट्रपति ट्रम्पले नियमित प्रेस ब्रिफिङमा भने, ‘तर, प्रभावकारी काम गर्न असफल रह्यो । मैले मेरो प्रशासनलाई डब्लूएचओलाई दिइदैं आएको सहायता रोक्न निर्देशन दिएको छु ।’

यसअघि राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठनले चीनको पक्ष लिएको, कोरोना भाइरसबारेका सूचना लुकाएको भन्दै उसको तटस्थ भूमिकामाथि प्रश्न उठाएका थिए । जसको विश्व स्वास्थ्य संगठनका प्रमुखले खण्डन गरेका थिए ।

अमेरिकाले डब्लूएचओलाई सबैभन्दा बढी सहायता प्रदान गर्दै आएको छ । गत वर्षमात्रै अमेरिकाले डब्लूएचओलाई ४० करोड डलर सहायता प्रदान गरेको थियो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ