२०८१ असार २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्य‘कोभिड १९’ले झनै उग्र रुप लिन सक्छ, सतर्क रहौ : डब्लूएचओ

‘कोभिड १९’ले झनै उग्र रुप लिन सक्छ, सतर्क रहौ : डब्लूएचओ


काठमाडौँ – ‘कोभिड-१९’लाई लिएर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले फेरी विश्वलाई सचेत गराएको छ । संगठनका प्रमुख टेड्रोस ए. गेब्रियेससले अबका आउने दिनहरुमा ‘कोभिड-१९’ले झनै उग्र रुप लिन सक्ने जनाएका छन् ।

एक अन्तर्राष्ट्रिय संचार माध्यमसँगको कुराकानीमा उनले भने, ‘विश्वमा यो भाइरसको महामारीको अझै नराम्रो रुप देखिनेछ।’ तर उनले हालत झनै विग्रिन सक्ने बताएता पनि यसको कारण भने बताएका छैनन् ।

हाल अफ्रीका महाद्वीपको अबस्था अनियन्त्रित हुँदै गएको छ जसकारण दिनप्रतिदिन मृत्युको तथ्यांक कयौं गुणा बढ्न सक्ने सम्भावना छ ।  यता, यूरोपीय देश र अमेरिकाले लगाएको प्रतिबन्धलाई खुकुलो बनाउने तयारी गरिरहेका छन्  तर डब्ल्यूएचओले भने सम्पूर्ण राष्ट्रलाई  सावधानी अपनाउन अपिल गरेको छ।

संगठनका प्रमुख गेब्रियेससले कोरोना भाइरस संक्रमणको तुलना सन् १९१८को स्प्यानिस फ्लुसँग तुलना गर्दै भने, ‘यो निकै खतरनाक अवस्था हो । सन् १९१८को फ्लुको जस्तो, जसमा करिब एक करोड मानिसको मृत्यु भएको थियो ।’ उनले थपे, ‘डराउनु पर्ने कुरा छैन हामीसँग प्रौधोगिक छ हामी यस विपदसँग बच्न सक्छौ । विश्वास गर्नुहोस अब झनै खराब समय आउँदै छ त्यसकारण यो विपदलाई रोक्न तर्फ ध्यान दिनुहोस ।’

संगठनले शुरुवात देखि नै कोभिड १९को खतरा हुने भएकोले एकआपसमा मिलेर लड्नु पर्ने चेतावनी दिंदै आइरहेको उनले बताए।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ