२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यवुहानमा कोरोना संक्रमितको संख्या शून्य 

वुहानमा कोरोना संक्रमितको संख्या शून्य 


चीनको वुहान शहरका अस्पतालमा कुनै पनि कोभिड-१९ संक्रमित छैनन्।  वुहानबाटै सुरु भएको कोरोना संक्रमण विश्वभर फैलिएको छ  ।

सिन्हुवाको अनुसार आइतबार अस्पतालमा एक पनि कोरोना संक्रमित छैनन् चीनमा कोभिड संक्रमितको संख्या घट्दै गएपछि ७६ दिन पछि हुवेइ प्रान्तको राजधानी वुहानमा ८ अप्रिलको दिन लकडाउन हटाईएको थियो ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेंगले भने, ‘स्वास्थ्यकर्मीको कडा मेहेनत र मद्दतबाट सम्भव भयो जसलाईसारा देशबाट भाइरस विरुद्ध लड्न पठाइएको थियो ।

उनले थपे, ‘अन्तिम कोरोना विरामीलाई शुक्रबार डिस्चार्ज गरियो त्यसपछि कोरोना विरामीको संख्या शून्य हुन् पुग्यो ।’

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ