२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोना भाइरससँग लड्नका लागि ध्यान दिनुपर्ने ३ कुरा

कोरोना भाइरससँग लड्नका लागि ध्यान दिनुपर्ने ३ कुरा


कोभिड—१९ एक श्वासप्रश्वास सम्बन्धि समस्या हो । यस समस्याबाट टाढा रहनका सर्वप्रथम हाम्रो फोक्सो तथा स्वास्थ्य दुवै स्वस्थ्य रहन एकदमै जरुरी रहेको छ । तर, यो कसरी सम्भव छ त?

श्वासप्रश्वास समस्यामा कसरी सुधार ल्याउने?

कोरोना भाइरसको मुख्य उत्पत्ति कसरी भयो? यो कसरी जनावरबाट मानव प्रजातिमा सर्छ? यसका निम्ति कुन खोप प्रभावकारी रहन्छ? यससम्बन्धि हालसम्म पर्याप्त अनुसन्धान हुन सकेको छैन ।

अहिलेसम्म यति मात्र थाहा छ कि सार्स–कोभ–२ भाइरसको माध्यमबाट संक्रमण हुन्छ । संक्रमण पश्चात् यस भाइरसले व्यक्तिमा सबैभन्दा पहिले फोक्सो गहिरो असर पार्दछ । जसकारण व्यक्तिमा श्वासप्रश्वास प्रणाली सम्बन्धि समस्या देखा पर्दछ । र, यी नै व्यक्तिमा देखा परेको श्वासप्रश्वास सम्बन्धिको समस्याले नै व्यक्ति भाइरसबाट कसरी बच्न सकिन्छ भन्ने कुरा निर्भर गर्दछ ।

तर, अन्य विभिन्न अध्ययनहरुले केही जीवनशैली परिवर्तन गरेर मात्रै पनि व्यक्तिको श्वासप्रश्वास प्रणालीको स्वास्थ्यमा सुधार ल्याउन सकिने बताएका छन् । यसो गर्नाले व्यक्तिलाई महामारीको समयमा मात्रै होइन्, त्यो भन्दा अगाडिको जीवन जीउनसमेत सहज हुन्छ । यसका लागि व्यक्तिले के गर्न सकिन्छ?

धुम्रपान रोक्नुहोस्

धुम्रपानबाट व्यक्ति सुरक्षित रहन्छ भन्ने सूचना एक गलत अफवाह मात्रै हो । हालसम्म यसलाई पुष्टि गर्ने कुनै पनि आधार रहेको छैन । धुम्रपानले विशेषगरीः व्यक्तिको फोक्सोमा हानी पु¥याउँछ । यसको प्रयोगबाट व्यक्तिको फोक्सोमा रहेको वायुमार्गमा अवरोध पैदा गर्दछ । जसले स्थायी रुपमा फोक्सोमा असर पु¥याउँछ । अझ भन्ने हो भने धेरैजसो केसमा यसले क्यान्सर निम्त्याउँछ ।

कसरत

कसरतले हाम्रो शारीरिक एवम् मानसिक स्वास्थ्यमा फाइदा पु¥याउँछ । व्यक्तिलाई यसले सकारात्मक प्रभाव पार्दछ भन्ने तथ्यमा कुनैपनि दुईमत रहेको छैन । यसका साथै यसले व्यक्तिको फोक्सोमा फाइदा पु¥याउँदै श्वासप्रश्वास क्षमतामा समेत सुधार ल्याउँछ । यस्तै, योग, स्ट्रेचिङ, कार्डियो, योग तथा योगिक नाकबाट श्वास लिने र विस्तारै मुखबाट श्वास फेर्नुजस्ता शारीरिक व्यायाम उपयोगी हुन्छन् । व्यायाम फोक्सोमा सुधार ल्याउन सक्ने एक सजिलो माध्यम हो ।

म्युकस (सिंगान)को मात्रा घटाउदैं लैजाने

सिंगान शरीरमा उत्पन्न हुने स्वभाविक तथा प्राकृतिक प्रक्रिया हो । यसले हाम्रो नाकमा असहज अवस्था पैदा गर्नुका साथै ब्याक्टेरिया समेत पैदा गर्दछ । यद्यपी, तातो पानीले नुहाउने तथा सलिन नसल (एक प्रकारको सुँघ्ने भिक्स) को प्रयोगले पनि यसलाई कम गराउन सकिनछ । मसालेदार खानाले यसलाई बढाउने भएकोले त्यस्ता खानाहरुबाट टाढै रहनु पर्दछ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ