२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यस्वस्थ्य रहन यसरी खानुहोस् खाना

स्वस्थ्य रहन यसरी खानुहोस् खाना


खाना मानव जीवन निर्वाहको निम्ति नभै नहुने पौष्टिक तत्व हो । खानाको उचित प्रयोग गर्न नजान्दा हाम्रो शरीर पोषणयुक्त तत्वबाट वञ्चित हुन्छ । तसर्थ हामीले शरीर स्वस्थ्य राख्न विशेषगरी स्वस्थ्य खानामा उचित ध्यान दिनु जरुरी हुन्छ । यसको निमित्त हामीले खाने खाना क्यालोरीयुक्त हुनुु पर्दछ । हामी आफ्नो जीवनमा जति क्रियाशिल रहन्छौ त्यति नै शरिरलाई डाइटको आवश्यक पर्छ ।

हामीले आवश्यकभन्दा बढी मात्रामा खानाहरु खाएमा शरीरले त्यसलाई सजिलै पचाउन सक्दैन् । फलस्वरुपः शरीरमा विभिन्न समस्या देखा पर्छ । यसबाहेक धेरैजसो व्यक्तिमा देखिने तौल घटबढको समस्य पनि खानासँगै जोडिएको छ । तसर्थ, हामीले प्रयोग गर्ने खाद्य पदार्थबाट कति मात्रामा पोषण प्राप्त गरिरहेका छौ भन्ने बारेमा ध्यान दिनु जरुरी हुन्छ ।

एक अध्ययनअनुसार, पुरुषले एक दिनमा करिब २५०० क्यालोरी बराबरको र महिलाले २००० क्यालोरी युक्त खाना खानुपर्छ । बेलायतमा गरिएको अध्ययनले त्यहाँका मानिसहरुले आवश्यकभन्दा बढी क्यालोरीयुक्त खाना सेवन गरेको पाईएको छ । हामीले निम्न उपायद्धारा स्वस्थ्य खाना प्रयोग गर्न सक्छौ । स्वस्थ्य खाना प्रयोग सम्बन्धि उपाय

उच्च स्ट्रयाची कार्वाेहाइड्रेड तथा फाइबरयुक्त खानाको प्रयोग

हामीले उच्च स्ट्रयाची कार्वाेहाइड्रेड तथा फाइबरयुक्त खानाको प्रयोग गर्नु पर्दछ । यस अन्र्तगत आलु, चामल, पास्ता तथा अन्य खाद्यान्नहरु पर्दछन् ।त्यसैगरी, हामीले विभिन्न अन्नहरु जस्तैः ब्राउन राइस, तथा बोक्रासहितको खानेकुरा खानुपर्छ ।

यस्ता खानाहरुमा अन्य खानाको तुलनामा फ्याट कम पाइने भएकोले यो स्वास्थ्यको निम्ति फाइदाजनक रहन्छ । कतिपय व्यक्तिमा आलुले तौल बढाउछ भन्ने सोचाइ पाइन्छ । तर, आलु आफैमा मोटोपन बनाउने खानेकुरा होइन । यसलाई हामीले प्रयोग गर्ने तरिकामा भर पर्छ । जस्तैः आलु चिप्स, तारेर तथा अन्य बटरहरुसँग खादा त्यसबाट भने तौल बढाउँछ ।

फलफूल तथा सागसब्जीलाई महत्व दिनुहोस्

अत्याधिक सागसब्जी र फलफुलको प्रयोग गर्नुहोस् । हामीले दैनिक रुपमा कम्तिमा पनि पाँच किसिमको फलफुल तथा सागसब्जीको प्रयोग गर्नु पर्दछ । जब हामीले बिहानको खाना खाजा अन्यमा खन्य खानालाई भन्दा फलफुल तथा सागसब्जीमा विशेष जोड दिन्छौ, तब आम्रो शरीरमा स्वतः सकरात्मक परिवर्तनहरु देखा पर्छ ।

तर, दैनिक१५० मि.लि भन्दा बढी फलफुल तथा सागसब्जी जुसको सेवन गरेमा यसमा भएको चिनीको मात्राले हाम्रो दाँतलाई असरपार्दछ ।

माछाको अत्याधिक प्रयोग गर्नुहोस्

माछालाई प्रोटिन र अन्य भिटामिन तथा मिनरलको विशेष स्रोत मानिन्छ । ओमेगा माछामा अत्याधिक तेल पाइने हुनाले यसको सेवनले मुटुलाई रोग लाग्नबाट जोगाउँछ ।

सालमन, ट्राउट, हेरिङ, सारडिन्स, पिलकाडर्स र म्याकेरेललगायतका माछाहरुमा अन्य माछाको तुलनामा बढी तेलहरु पाइने हुनाले यस्ता माछाको प्रयोग स्वास्थको निम्ति उचित मानिन्छ । यसैगरि अन्यको तुलनामा क्यान गरिएका र स्मोक माछामा नुनको मात्रा अत्याधिक हुन्छ ।

कम फ्रयाटयुक्त खानाको प्रयोग गर्नुहोस्

शरीरमा फ्रयाटको मात्रा आवश्यक छ भन्दैमा अनावश्यक रुपमा तेलीय खानाको प्रयोग गर्नुहुदैन । तसर्थ, हामीले यस विषयमा पनि विशेष ध्यान दिनु पर्दछ । सामान्यतथा फ्याट पनि संतृप्त र असंतृप्त गरी २ प्रकारका हुन्छन् ।

यसमध्ये पनि संतृप्त फ्याटले हाम्रो शरीरमा कोलेस्टोरको मात्रा बढाउने हुदा यो हाम्रो हृदयको निमित्त हानिकारक रहन्छ । ११ वर्षभन्दा कम उमेरका बालबालिकामा वयस्कको तुलनामा कम संतृप्त फ्याट उचित मानिन्छ । तर, यो ५ वर्षमुनिका बालबालिकाको निम्ति भने राम्रो मानिदैन । उनीहरुले बटर, चीज, केक, बिस्कुटजस्ता खानाबाट उनीहरुले प्राप्त गरिरहेका हुन्छन् ।

चिनीको कम प्रयोग गर्ने

चिनीको अत्याधिक प्रयोगले हाम्रो शरीरमा मोटोपन तथा दाँतमा किरा लाग्ने समस्या देखिन्छ । शुद्ध मह, सिरप, जुस तथा फलफूलहरुमा चिनी पाइने भएकोले हामीले चिनीको प्रयोग अप्रत्यक्ष रुपमा पनि प्रयोग गरिरहेका हुन्छौ ।

यसैगरी प्याकेजिङ गरिएका खानाहरुमा उन्च मात्रामा चिनीको प्रयोग गरिएको हुन्छ । तसर्थ फलफूलमा र दुधमा पाइने चिनीहरुभन्दा हामीले यस्ता चिनीहरुको प्रयोगको मात्रा घटाउनु पर्दछ ।

६ ग्रामभन्दा बढी नुनको प्रयोग नगर्ने

अत्याधिक नुनको प्रयोगले रक्तचापको मात्रा बढाउने हुदा हामीले नुनको कम प्रयोग गर्नुपर्दछ । बढी नुनको प्रयोगले मुटुसम्बन्धी समस्या देखा पर्न सक्छ । एक वयस्कका लागि दिनमा ६ ग्राम नुन मात्रै उचित मानिन्छ ।

पाउरोटी, सुप र अन्य अन्नमा पनि नुन पाईने भएकोले हामीले खाने खानामा कम नुनको प्रयोग गर्नु पर्दछ ।

शरीरको तौल ठिक राख्ने

उचित खानाको प्रयोग संगै व्यायाम तथा स्वस्थ्य जीवनशैलीले पनि शरीरको अनावश्यक समस्याहरु घटाउन मद्दत गर्दछ । अनावश्यक मोटोपनले चिनी रोग, क्यान्सर तथा मुटुसम्बन्धि खतरा बढाउने हुदा हामीले आफ्नो तौल आवश्यक अनुसार कायम राख्नुपर्दछ ।

तर, हामीले तौल कम बनाउने उद्देश्यमा खानाको कम प्रयोग गर्नुभन्दा स्वस्थ्य खानाको प्रयोग गर्नुपर्दछ ।

प्रशस्त मात्रामा पानी खाने

स्वस्थ रहन हामी पर्याप्त मात्रामा पानी पिउनुपर्छ । हामीले तिर्खाको महशुस नै गर्न नदिने गरि पानीको प्रयोग गर्नु पर्दछ । तसर्थ हामीले ६ देखि ८ गिलाससम्म पानी पिउनु पर्दछ ।

हामीले प्रयोग गर्ने खानाहरुमा पनि पानीको मात्रा पाइएता पनि अन्य गुलियो पेय पदार्थको सट्टामा चिया तथा कफि उचित हुन्छ ।

बिहानको खाना नछाड्नुस्

कतिपय व्यक्तिहरुले तौल घटाउने नाममा बिहानको खाना छोडिरहेका हुन्छन् । तर, हल्का फ्याट, चिनी, नुन तथा फाइबरयुक्त खाना बिहान प्रयोग गर्नु स्वास्थ्यको दृष्टिले उचित मानिन्छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ