२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यप्रत्येक १० व्यक्तिमध्ये १ जना संक्रमित हुन सक्ने : डब्ल्यूएचओ

प्रत्येक १० व्यक्तिमध्ये १ जना संक्रमित हुन सक्ने : डब्ल्यूएचओ


विश्वभरमा गरेर प्रत्येक १० जना मध्ये १ जनालाई संक्रमण भैरहेको अनुमान विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ )ले गरेको छ। सोमाबार एक बैठकमा संगठनको आपतकालीन स्वास्थ्य सेवा प्रमुख डा. माइकल रायनले संगठनको अनुमानमा प्रति १० व्यक्तिमा १ जना संक्रमित भैरहेको र यो अनुमान पुष्टि भएको केसहरु भन्दा २० गुणा अधिक हुन् सक्ने जानकारी दिएका हुन्।

यसको साथै आउने दिनहरुमा अझै कठिनाइको सामना गर्नुपर्ने संगठनले चेतावनी दिएको छ।

डा. रायनका अनुसार शहरी र ग्रामिण क्षेत्र र फरक-फरक उमेरको समूहमा संक्रमितको संख्या पनि फरक-फरक हुनसक्छ तर विश्वको सबैभन्दा बढी जनसंख्या खतरामा छ। उनले भने, ‘कोरोना महामारी बढ्दै जानेछ तर यसको फैलावट रोक्न र ज्यान बचाउनको लागि उपकरण भने तयार नै छ।’

‘दक्षिणपूर्व एशियामा केस बढ्दै गएको छ। युरोप र पूर्वीभूमध्यसागरमा पनि केस बढ्दै गएको देखिन्छ तर अफ्रिका र पश्चिमी प्रशांत क्षेत्रको अबस्था ज्यादा सकारात्मक पाइएको छ तर विश्व निकै कठिन घडीबाट गुजिरहेको छ।’ ,उनले भने। .

डा. रायनको अनुसार विश्वका कयौं भागमा महामारी बढ्दै गएको छ। विश्वको जनसंख्याको १० प्रतिशत भाग यस भाइरसबाट संक्रमित भैसकेका छन्। ७६ करोड मानिस यस भाइरसबाट संक्रमित हुन् सक्ने संगठनको अनुमान छ।

जोन्स होप्किंस र डब्ल्यूएचओको तथ्याङ्कका अनुसार संक्रमितको संख्या विश्वभर साढे ३ करोड नाघिसकेको छ। मृत्यु हुने संक्रमितको संख्या मात्रै १० लाख भन्दा बढी छ।

– एपी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ