२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यबालबलिका एवम् किशोरावस्था समूहलाई यसरी प्रदान गरौं यौनशिक्षा

बालबलिका एवम् किशोरावस्था समूहलाई यसरी प्रदान गरौं यौनशिक्षा


योनाङ्ग, यौन तथा प्रजनन सम्बन्धि आवश्यक स्वास्थ्य जानकारी प्रदान गरिने शिक्षा नै यौनशिक्षा हो । उचित यौनशिक्षा स्वस्थ मानसिक एवम् शारीरिक दुवै पक्षका निम्ति अपरिहार्य पक्ष मानिन्छ । यसले व्यक्तिलाई स्वस्थ जीवनशैली बाच्नका लागि प्रेरित गर्दछ । तसर्थ यसकारण पनि प्रत्येक व्यक्तिलाई उचित यौनशिक्षा प्रदान गरिनु पर्छ । र, यसको ज्ञान हामीले बालबालिका तथा किशोरावस्थाको समूहदेखि नै प्रदान गर्नुपर्छ ।

बालबालिकामा यस सम्बन्धि कुनै पनि ज्ञान नहुने र स्वभावले नै उनीहरु जिज्ञासु हुने भएकाले यौनशिक्षा प्रदान गर्ने व्यक्तिमा यौनसम्बन्धि सम्पुर्ण जानकारी हुनुका साथै सोधिएका प्रश्न एवम् जिज्ञासा सरल रुपमा बुझाउन सक्ने कला समेत हुनुपर्छ । अन्यथाः यौनशिक्षा कहाँबाट कसरी शुरु गर्ने? के कुरा सिकाउने? र, सोधिएका प्रश्नको जवाफ शान्त रुपमा कसरी सम्झाउने भन्ने खुबी नभएको खण्डमा यसले ज्ञान हासिल गर्ने पक्षमा उचित गलत जानकारी प्रवाह हुन सक्ने सम्भावना रहन्छ । तसर्थ, यसकारण पनि यौनशिक्षा प्रदान गर्ने व्यक्ति पूर्ववत् तयार एवम् जानकारक रहनुपर्छ ।

सम्पूर्ण प्राणी जगत्को जीवनचक्रमा अपरिहार्य पक्ष यौन एवम् प्रजनन सम्बन्धि ज्ञान प्रदान गर्नका निम्ति व्यक्तिले निम्न पक्षहरुमा ध्यान दिनुपर्छः

१. सर्वप्रथम यौनशिक्षा प्रदान गरिने समूहको यौन सम्बन्धित स्थानीय, पारिवारिक एवम् व्यक्तिगत स्तरको धारणा कस्तो छ त्यस विषयमा राम्ररी जानकारी हासिल गरिनुपर्छ ।

२.  यसरी दिइने-पढाइने पाठबारे बालबालिकाको अभिभावक एवम् विद्यालयलाई पनि पूर्ववत् जानकारी गराउने र सकिन्छ भने उनीहरुलाई पनि यस्ता कार्यक्रमहरुमा उनीहरुलाई पनि सहभागी एवम् सञ्चालन गर्नुपर्छ ।

.  शुरुवातीको क्रममा यौनलाई प्राकृति तथा सरल रुपमा बिना संकोचपूर्व प्रदान गरिनुपर्छ ।

४. स–साना बालबालिकालाई यौनशिक्षा प्रदान गर्नु भनेको यौन गतिविधि सम्बन्धि जानकारी दिनु होइन । तसर्थ यसकारण उनीहरुलाई यौनांगको नाम, यसको शारीरिक प्रणाली र कार्यका विषयमा जानकारी दिइनुपर्छ ।

५.  किशोर–किशोरीलाई भने प्रजनन प्रकृया, सुरक्षित यौनसम्बन्ध, पारिवारिक योजना र योनाङ्गहरुको विशेषता तथा कार्यप्रणालीको विषयमा जानकारी प्रदान गर्ने

६. यसक्रममा उनीहरुलाई ‘गुड टच र ब्याड टच’(राम्रो छुवाई वा नराम्रो छुवाई) सम्बन्धि पनि जानकारी दिनु पर्छ ।

७. यौनशिक्षा प्रदान गर्ने नाममा बालबालिका-किशोर–किशोरीको मस्तिष्कमा नकरात्मक सोच पैदा गर्ने किसिमको अश्लिल तथा अभद्र तस्बिर एवम् भिडियोको प्रयोग गर्नुहुदैन ।

८. ज्ञान प्रदान गर्दा विशिष्ट शब्द नभई सकभर स्थानिय एवम् सरल शब्दको छनोट गर्ने ।

. यौनशिक्षा सम्बन्धि तालिम प्रदान गरिने उपयुक्त वातावरणको चयन गर्ने ।

१०.  प्रदान गरिने शिक्षा एउटै दृष्टिकोणबाट मात्र नभई फरक–फरक उदाहरण एवम् प्रस्तुतिद्धारा बुझाउन प्रयत्न गर्ने ।

११. यौन प्राकृतिक र आवश्यक पक्ष हो । तसर्थ सोधिएका प्रश्न र जिज्ञासालाई सहज रुपमा लिई उनीहरुको मनोस्थिति बुझ्दै सोहि अनुरुप जवाफ दिइनुपर्छ ।

-एजेन्सी


क्याटेगोरी : अन्य, यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ