२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोलीफर्मको आशंकामा विराटनगरको ‘एच टू’ पानी उत्पादन र वितरणमा रोक

कोलीफर्मको आशंकामा विराटनगरको ‘एच टू’ पानी उत्पादन र वितरणमा रोक


विराटनगर–विराटनगर महानगरपालिका, ७ बुद्धमिलन चौकस्थित ‘ॐ जेके पानी उद्योग’ ले सेफ्टी टयाङ्गकी (हर्ज) नजिक प्रशोधित पानी उत्पादन गर्ने बोरिङ्ग मेसिन राखेको फेला परेपछि तत्काल उत्पादन र विक्री वितरणमा रोक लगाएको छ । हर्ज छेउमा प्रशोधित पानी उत्पादन गर्ने बोरिङ्ग मेसिन रहेकोले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले मंगलबार दिउँसो अनुगमनको क्रममा फेला पारेपछि तत्कालको लागि जेके पानी उद्योगले उत्पादन गर्ने ‘एच टू’ पानी उत्पादन र विक्री वितरणमा रोक लगाएको हो ।

पानी उत्पादन गर्ने बोरिङ्ग मेसिन र हर्ज नजिक भएकोले मानव स्वास्थ्यमा गम्भिर असर गर्ने कोलीफर्म जिवाणू हुनसक्ने आशंका गर्दै सो उद्योगबाट उत्पादन हुने पानीको विक्री वितरणमा रोक लगाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख प्रमोद कोइरालाले जानकारी दिए ।

खाद्य निरीक्षक शंकर न्यौपानेको नेतृत्वमा गएको अनुगमन टोलीले हर्ज नजिक बोरिङ्ग मेसिन राखिएको फेला परेपछि कार्यालयले २ थान प्रशोधित पानी सहितको जार ल्याब परीक्षणको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पठाएको छ । ‘नमुना संकलन गरि २ थान जार परीक्षणको लागि खाद्य प्रविधि कार्यालय लगिएको हो,’ खाद्य निरीक्षक न्यौपानेले भने, ‘पानीमा कोलीर्फम देखा पर्ने शौचालयको हर्ज बाटै हो । अनुगमनको क्रममा उद्योगमा पनि सेप्mटी टयाङ्गकीनजिक बोरिङ्ग गर्दै आएको पाइएको थियो । यसको नतिजा ल्याब परिक्षणपछि आउनेछ ।’ पानीको ल्याब परिक्षण गरि रिर्पोट नआएसम्म उद्योगले उत्पादन गर्ने पानीको विक्री वितरणमा रोक लगाएको उनले बताए । ‘४८ घण्टापछि पानीको रिपोर्ट आउनेछ,’ उनले भने, ‘कोलफर्म छ या छैन त्यसपछि भन्न सकिन्छ ।’

जितेन्द्र कुमार यादव, ओम प्रकास राउत र कौशलन्द्र कुमार कर्णले संचालन गरेको उक्त पानी उद्योगमा यूपी ल्याप फिलरको ठिक अगाडि नभएको र प्रशोधित पिउने पानी उत्पादन मापदण्ड २०७४ मा रहेको प्रावधान अनुसार उद्योग प्रवेश गर्नुभन्दा अगाडी हात धुने बेसिन नएको, जार धुने ठाउँ खुल्ला स्थानमा रहेको अनुगमनको क्रममा फेला परेको थियो । खाद्या प्रविधि तथा गुण नियन्त्रण कार्यालयले तत्काल सुधार गर्न पनि निर्देशन दिएको छ । पानी उद्योगका संचालक मध्येका एक ओमप्रकाश राउतले दैनिक २ हजार देखि ३ हजार लिटर प्रशोधित पानी उत्पादन गरि विक्री गर्ने गरेकोे जानकारी दिए । उनले आगमी दिनमा प्रशोधित पानी उत्पादन गरिदा अपनाउनुपर्ने सावधानीलाई सुधार गरिदै लैजाने प्रतिवद्धा गरे ।

यस्तो छ कानुनी व्यवस्था
प्रदेश १ को सामाजिक विकास मन्त्रालयको नेतृत्वमा गत साउन पहिलो साता विराटनगरमा सञ्चालित २० ओटा पानी उद्योगको अनुगमनको क्रममा १३ उद्योगमा मानव स्वास्थ्यलाई गम्भिर असर गर्नेे ‘कोलीफर्म’ जीवाणु र पी.एच. कम भेटिएको थियो । खाद्या प्रविधि तथा गुण नियन्त्रण कार्यालयले महानगरपालिका भित्रको १३ वटा पानी उद्योगविरूद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको गरेको छ । सो मुद्दा अहिले पनि बिचाराधिन अवस्था छ । त्यस क्रममा खाद्य अनुज्ञापत्रबिना संचालित र वर्षौदेखि अनुज्ञापत्र नविकरण नभएको ६ वटा पानी उद्योगमा शीलबन्दी गरिएको थियो । प्रशोधित पानीमा ‘कोलीफर्म’ भेटिएपछि खाद्य ऐन २०२३ खाद्य नियमावली बमोजिम उद्योग विरुद्ध कार्यालयले मुद्दा दायर गर्दै आएको छ । सो मुद्दामा दोषी ठहर भए ५ देखी १० हजार रुपैयाँ जरिवना वा ५ महिनादेखि एक वर्षसम्मको कैद सजाय वा दुवै सजाय हुन सक्ने कानूनी प्रावधन छ ।

‘कोलीर्फमयुक्त पानीले स्वास्थ्यमा गम्भिर असर’
कोलीफर्म भएको पानी पिउँदा स्वास्थ्यमा गम्भिर असर गर्ने चिकित्सकको भनाई छ । विराटनगरका वरिष्ठ फिजिसियन डा. रोशन खड्काका अनुसार पकोलीफर्म भएको पानी पिउनाले झाडापोखला लाग्ने, हेपटाइटी, जण्डिस, मृगौला र कलेजोमा समेत असर गर्ने बताए । ‘कोलीफर्म भएको पानी पिउनाले ज्यान जाने समेतको खतरा हुनेछ,’ डाक्टर खड्काले भने ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ