२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यस्वस्थ्य र लामो आयु जीवनयापन गर्न दैनिक कति व्यायाम चाहिन्छ ?

स्वस्थ्य र लामो आयु जीवनयापन गर्न दैनिक कति व्यायाम चाहिन्छ ?


लामो जीवन बाच्ने अवसरका लागि सायद! हामीलाई दैनिक कमसे कम ७ हजार पाइला हिड्नुपर्ने हुन्छ। अथवा, टेनिस, साइकलिङ, स्विमिङ, जगिङ र ब्याटमिन्टनजस्ता खेलकुद साढे २ घण्टा जति खेल्न आवश्यक होला ।

शारीरिक गतिविधि र दीर्घायुबीचको सम्बन्ध बारे वृहतस्तरमा गरिएको नयाँ दुई अध्ययनले के पत्ता लगाएको छ भने सहि प्रकारले शारीरिक गतिविधि गर्दा मृत्युको जोखिम ७० प्रतिशत कम हुने गर्छ। १० हजार महिला र पुरुषमा वर्षौदेखि यस अध्ययन गरिएको थियो । जसको नतिजामा सहि प्रकारले शारीरिक क्रियाकलाप दिनहुँ गर्नेमा ७० प्रतिशत मृत्यु जोखिम घट्ने पाइएको छ।

तर, शारीरिक क्रियाकलापमा सक्रिय हुने दिर्घायु फाइदामाथि पनि एउटा सिमा हुन सक्ने विज्ञहरुको भनाइ छ। त्यो सिमित सिमाभन्दा बढी नै शारीरिकरुपले सक्रिय भएमा हानिकारक पनि साबित हुनसक्ने अध्ययनमा उल्लेख छ।

धेरै अनुसन्धानले पहिले नै सुझाव दिसकेका छन् कि  सक्रिय व्यक्तिहरु अन्य व्यक्तिको तुलनामा निकै अघि छन् । उदारहणका लागि रोग नियन्त्रण र रोकथाम केन्द्रद्वारा २०१८मा गरिएको एक अध्ययनको के निष्कर्ष निकालिएको थियो भने ४० देखि ७0 वर्षका अमेरिकी नागरिकको मृत्यु मध्ये १० प्रतिशत मृत्यु एकदम न्यून व्यायामको परिणाम थियो। सन् २०१९ को एक यूरोपीय अध्ययनअनुसार दुई दशकको निष्क्रियताले नर्वेमा युवा नागरिकमा मृत्युको जोखिम डब्बल गर्दिएको छ।

तर, लामो आयुका लागि कति मात्रामा शारीरिक व्यायाम गर्नु आवश्यक छ भन्ने बारे वैज्ञानिकहरुले तय भने गरिसकेका छैनन्।

दुई नयाँ अध्ययनको केन्द्रमा छन् यी मुद्दाहरु जुन शारीरिक गतिविधि र दीर्घायुबीचको सम्बन्धलाई फरक-फरक कोणबाट देख्न सकिन्छ। एक अध्ययनका अनुसार अधिकांस मानिस गतिविधि लक्ष्यको रुपमा लिइ गणना गरिरहेका हुन्छन। किनकी हाम्रो फोन, स्मार्ट घडी र अन्य ट्याकर्स हामीलाई एक निश्चित संख्यामा पाइला चाल्न लागि प्रेरित गर्छ।

तर, वर्तमान विज्ञान हाम्रो स्वास्थ्य वा दीर्घायुको लागि १० हजार पाइला नै आवश्यकता रहेको देखाउदैन।

एमहर्स्टका मासचुसेट्स विश्वविद्यालयका अनुसन्धानकर्ता, सी.डी.सी.र अन्य सँस्थाहरुको भने थोरै पाइला पनि लामो आयुसँग सम्बन्धित हुन सक्ने बताएका छन् । यसका लागि उनीहरुले मध्यम आयु वर्गको पुरुष र महिलाहरुमा स्वस्थ्य र हृदय रोगसँग सम्बन्धित एक चलिरहेको वृहत अध्ययनको तथ्याङ्कलाई जम्मा परेका छन्। अधिकांश प्रतिभागी लगभग १० वर्ष पहिला अध्ययनमा सहभागी थिए। त्यससमय उनीहरु ४० वर्षका थिए। उनीहरुले त्यससमय चिकित्सा परीक्षण पूरा गरे र एक साताका लागि हरेक दिन आफ्नो पाइला गन्ने एक गतिविधि ट्याकर लगाए ।

हालै अध्ययनकर्ताहरुले २ हजार १ सय १० सहभागीको मृत्युदर्तामा नाम छ /छैन रेकर्ड निकालेका छन्। उनीहरुले यो दशकमा ७२ सहभागीको मृत्यु भैसकेको पाए । जो अपेक्षाकृत कम संख्या थियो। तर, वैज्ञानिकले स्टेप काउन्ट र मृत्युदरबीच एक बलियो सम्बन्ध पनि देखे।

अध्ययनमा सहभागीको दौरान कमसेकम ७ हजार पाइला दैनिक हिड्ने पुरुष र महलाको मृत्यु हुने सम्भावना ५० प्रतिशत कम थियो। जुन ७ हजारभन्दा कम कदम हिड्नेको भन्दा कम थियो। र, मृत्यु दरको गिरावट जारी रहयो किनकी मानिसको पाइलाको योग बढ्यो। जुन उच्च स्तरमै पुग्यो। किनभने ९ हजारभन्दा बढी पाइला चाल्नेको व्यक्तिको असामायिक निधन हुने सम्भावना ७० प्रतिशत कम भएको छ।

तर, दश हजार कदमसम्म पुग्दा त्यसबाट कुनै पनि लाभ प्राप्त भएको देखिएन । ‘त्यहाँ एक बिन्दुबाट रिटर्न घट्न बन्द भएको थियो’, नवअध्ययनको नेतृत्व गरेका युनिभर्सिटी अफ मासाचुसेट्स आर्मेस्टका काइन्सियोलोजीका सहप्रोफेसर अमान्डा पालुचले भने । प्रतिदिन दश हजारभन्दा बढी हिड्ने व्यक्ति कम्तिमा पनि ७ हजार स्टेप्स चाल्ने व्यक्तिको तुलनामा कमै मात्र लामो आयु बाँचेको देखिन्थ्यो ।

अर्को अध्ययन जुन अगस्टमा मायो क्लिनिक प्रोसीडिंग्समा प्रकाशित भएको थियो। जसमा कामो जीवनयापनका लागि सर्वोत्तम दावीको व्यापक रुपमा समान गतिविधि स्तरमा तय गरिएको थियो। यस अध्ययनमा दशकौ पुरानो कोपेनहेगन सिटी हार्ट स्टडीको तथ्यांक लिइएको थियो। जसमा १० हजार डेनिस युवालाई सन् १९७०मा कति घण्टासम्म खेलकुद या व्यायाम गर्नु हुन्छ भन्ने प्रश्न सोधिएको थियो।

अनुसन्धानकर्ताको अध्य्यनमा सहभागी ८ हजार ६ सय ९७ डेनिसमाथि केन्द्रित थियो। जसको क्रियाक्रलापहरु हेर्ने र मृत्यु दर्तामा नाम छ छैन हेरियो। २५ वर्षमा आदि व्यक्तिको निधन भएको थियो। तर जसले २.६ देखि ४.५ घण्टा व्यायाम गरे उनीहरुमा ४० प्रतिशत मृत्युको सम्भावना कम थियो।

दुवै अध्ययनले के देखाउछ भने शारीरिक गतिविधि जीवन कालसँग जोडिएको छ। यस्तो हैन कि अत्याधिक सक्रिय हुँदैमा जीवनकाल लामो रहन्छ। तर व्यायाम जरुरी छ।

अर्को कुरा भने ७ देखि ८हजार पाइला हिड्ने वा ४५ मिनेट दैनिक व्यायाम गर्दा लामो आयु हुने सम्भावना प्रबल छ। डाक्टर ओ’कीफ भन्छन् , ‘अत्याधिक व्यायामले लामो जीवनका लागि सुधार ल्याउन सक्छ। तर, धेरै हैन। चाहिने भन्दा बढी गर्दा एक विन्दुमा पुगेपछि हानिकारक बन्न सक्छ।’

-एजेन्सी 


क्याटेगोरी : अन्य, जनस्वास्थ्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ