२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यप्रयोगशाला रिपोर्टमा हस्ताक्षरबारे काउन्सिल र एनएचपीसीको विज्ञप्तिमा संघको ध्यानाकर्षण

प्रयोगशाला रिपोर्टमा हस्ताक्षरबारे काउन्सिल र एनएचपीसीको विज्ञप्तिमा संघको ध्यानाकर्षण


काठमाडौं—नेपाल मेडिकल काउन्सिल र नेपाल स्वास्थ्य व्यवसायी अनुसन्धान परिषद्ले प्रयोगशाला रिपोर्ट तथा दर्ताका सम्बन्ध जारी गरेको सूचनामा एशोसिएसन आफ क्लिनिकल प्याथालोजिष्ट अफ नेपालले ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै एशोसिएसनले विश्व नै विद्युतीकरणको युगमा प्रवेश गरेको सन्दर्भमा सबैजसो आधुनिक प्रयोगशालाहरुमा रिपोर्टमा डिजिटल हस्ताक्षर प्रयोग भइरहेको जनाएको छ ।

संघका महासचिव डा. निराजन मैनालीले प्रयोगशाला रिपोर्टमा हस्ताक्षरसँगसँगै स्पष्ट बुझिनेगरी हस्ताक्षरकर्ताको नाम, योग्यता र दर्ता नम्बर हुनुपर्ने निर्णयमा भने समर्थन रहेको जनाएका छन् ।

‘तर, आजको यस डिजिटल युगमा बैकिङ कारोबार, शेयर कारोबार र परीक्षा समेत डिजिटल माध्यमबाट भइरहेको र नेपाल सरकारले विद्युतीय कारोबार ऐन, २०६३ मा नै डिजिटल हस्ताक्षरलाई मान्यता दिएको अवस्थामा त्यसमाथि नेपाल मेडिकल काउन्सिलले कानुनी वैद्यताको प्रश्न उठाउनु कत्तिको कानुनसम्मत छ,’ विज्ञप्तिमा भनिएको छ, ‘वेव वेस्ड सफ्टवेयरहरुको प्रयोगले प्याथालोजिष्टहरुलाई आफू प्रयोगशालामा भौतिक रुपमा अनुपस्थित रहेका बेलासमेत सेवाग्राहीले रिपोर्ट खोजे त्यसलाई भौतिक उपस्थितीमा जस्तै हेरेर मात्र भ्यालिडेट गर्ने सुविधा दिनुका साथै सेवाग्राहीलाई अनलाइनबाटै रिपोर्ट हेर्ने र घरबाटै रिपोर्ट प्रिन्ट गर्ने समेत सुविधा दिएको छ र प्रयोगशालाको काममा कागजको प्रयोग न्यूनीकरण गरेको छ ।’

संघले कानुनी मान्यता प्राप्त डिजिटल हस्ताक्षरलाई बिरामीको उपचारका लागि सहयोग हुन जारी प्रयोगशाला रिपोर्टमा बन्देज गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णय सच्चाउन नेपाल मेडिकल काउन्सिललाई अनुरोध गरेको छ ।

यसअघि नेपाल मेडिकल काउन्सिल र नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले प्रयोगशालालगायतका रिपोर्टमा स्क्यान गरिएका हस्ताक्षर प्रयोग भइरहेको भन्दैं उक्त स्क्यान हस्ताक्षरको वैधतामा प्रश्न उठने भन्दै रोक लगाउन सूचना जारी गरेको थियो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ