२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यग्यास्ट्रिक रोग निको पार्न बिरामीलाई दिइने एसिलकमा क्यान्सर गराउने तत्व

ग्यास्ट्रिक रोग निको पार्न बिरामीलाई दिइने एसिलकमा क्यान्सर गराउने तत्व


काठमाडौं—ग्यास्ट्रिक रोग निको पार्न बिरामीलाई दिइने रानीटाइडाइन (एसिलक)नामको औषधीमा एन— नाइट्रोसोडिममिथेलमाइन (एनडीएमए) नामक घातक तत्व रहेको भन्दै भारत सरकारले सरकोकारवाला निकायलाई सचेत गराएको छ ।

स्वास्थ्य सेवा महानिर्देशनालय, केन्द्रीय औषधी मापदण्ड नियन्त्रण संगठनले केन्द्र र प्रदेशका औषधि नियन्त्रकहरुलाई पत्र लेखेर सचेत गराएको हो । एनडीएमएमा क्यान्सर गराउने घातक तत्व रहेको महानिर्देशनालयले जनाएको छ ।

एनडीएमएमा क्यान्सरका लागि अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय निकाय आइएआरसीले मानवका लागि क्यान्सर हुने तत्व रहेको बताउँदैं आएको महानिर्देशनालयले स्मरण गराएको छ । भारतमा रानीटिडाइन ट्याबलेट, सुईलगायत विभिन्न बनावटमा पाइन्छ ।

‘रानीटिडाइनलाइ सेडियुल एचमा समावेश गरिएको एउटा निर्धारित औषधी (प्रेसक्रिप्सन ड्रग) भएकोले यसलाई दर्ता गरिएका मेडिकल व्याबसायीको प्रेसक्रिप्सन (आरएमपी) को आधारमा मात्र खुद्रा पसलबाट विक्री गर्न सकिनेछ,’ केन्द्रका औषधी महानियन्त्रकद्धारा जारी पत्रमा भनिएको छ ।

बिरामीको सुरक्षा सुनिश्चितताका लागि ती उत्पादन जाँच्न यसबारे रानीटिडाइन एपीआई एन्ड फर्मुलेसनको निर्मातालाई जानकारी गराउन प्रदेश र केन्द्रका औषधि नियन्त्रकहरुलाई अनुरोध गरिएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ