२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यकेएमसीले सञ्चालनमा ल्यायो फिजियोथेरापी पुर्नस्थापना केन्द्र

केएमसीले सञ्चालनमा ल्यायो फिजियोथेरापी पुर्नस्थापना केन्द्र


काठमाडौं—काठमाडौं मेडिकल कलेज (केएमसी)ले फिजियोथेरापी पुर्नस्थापना केन्द्र सुरु गरेको छ । १५ वर्षदेखि फिजियोथेरापी सेवा सञ्चालन गर्दै आएको केएमसीले भक्तपुरको दुवाकोटस्थित केएमसीमा अत्याधुनिक उपकरणसहित फिजियोथेरापी पुर्नस्थापना केन्द्र सञ्चालनमा ल्याएको छ ।

यो सेवा सिनामंगलमा ओपिडी तथा अन्तरंग सेवामा पनि उपलब्ध रहेको छ ।अत्याधुनिक प्रविधि तथा दक्ष चिकित्सकसहितको फिजियोथेरापी पुर्नस्थापना केन्द्रमा जटिल प्रकारको उपचारमा रहेका बिरामीहरुलाई विशेष फिजियोथेरापी सेवाहरु दिइनेछ ।

केएमसीका फिजियोथेरापी विभागका विभागीय प्रमुख डा. प्रकाश महतोको अनुसार फिजियोथेरापी पुर्नस्थापना केन्द्रमा हाडजोर्नी भाँचिएर सर्जरी गरेका, मेरुदण्डको साधारण तथा जटिल शल्यक्रिया गरेका, हातको जटिल प्रकृतिको शल्यक्रिया गरेका, अर्थोस्पीक सर्जरी गरेका बिरामीहरुलाई सेवा दिइनेछ ।

यसैगरी, न्यूरोलोजी सम्बन्धि रोग लागेका, टाउको तथा मस्तिष्कमा गम्भिर चोट लागेका, प्लाष्टिक सर्जरी गरेका, छाती तथा मुटुरोग सम्बन्धी रोगहरुको फिजियोथेरापी दिई उपचार गराउनु पर्ने बिरामीहरुले पुर्नस्थापना केन्द्रबाट सेवा लिन सक्नेछन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ