गृहपृष्ठ ∕ अन्य ∕ के हो आँखाको जलविन्दु ? कसरी गर्न सकिन्छ उपचार ? के हो आँखाको जलविन्दु ? कसरी गर्न सकिन्छ उपचार ? हेल्थ आवाज बुधबार, २०७९ वैशाख १४ गते, ११:३७ मा प्रकाशित आँखा भित्रको तरल पदार्थको चाप बढ्न गई दृष्टि नशामा असर पुग्नाले दृष्टि क्षमतामा ह्रास आउनुलाई जलविन्दू (Glaucoma) भनिन्छ । यस्तो रोग उमेर पुगेका व्यक्ति वा बच्चाहरुमा पनि लाग्न सक्छ । यो रोगको लक्षणहरु ढिला मात्र देखिने र यो रोगले बिगारेको दृष्टि पुन फर्काउन नसकिने हुन्छ । यो अन्धोपनको दोस्रो प्रमुख कारण हो । लक्षणहरु आँखा धमिलो देखिन्छ आँखा दुख्छ वा एक्कासी धेरै दुख्ने, टाउको दुख्ने तथा बान्ता हुने घाममा हेर्न गा¥हो हुन्छ कुनै चिज हेर्दा विच विचमा कालो ढब्बा देखिने वा वरिपरिको नदेखिने बत्तिमा हेर्दा इन्द्रेणी देखिने गर्नुपर्ने जाँचहरु दृष्टि जाँच दृष्टि परिधिको जाँच (Confrontation) : आँखा जाँच्ने मान्छे र बिरामी आमने सामने बस्ने र बिरामीको बाँया आँखा बन्द गर्न लगाई दाँया आँखाले आफ्नो बायाँ आँखा हेर्न लगाउने । एउटा हातमा कलम लिने र बिरामीको दृष्टिको १८० डिग्रीभन्दा बाहिरबाट कलमलाई बिस्तारै बिच तिर बिरामीले नदेखेसम्म ल्याउने । यो जाँच प्रत्येक आँखाको लागि प्रत्येक चतुर्थमा गर्ने । जलबिन्दु भएको आँखाको दृष्टि परिधि सामान्यको भन्दा कम हुन सक्छ । आँखाको चाप जाँच : बिरामीलाई दुबै आँखा बन्द गर्न लगाउने, दुबै हातको चोर औलाले विरामीको दूबै आँखा पालैपालो विस्तारै थिचेर आँखाको चाप सामान्य भन्दा बढी छ कि छैन अन्दाज गर्ने । जलबिन्दु भएको आँखा सामान्यभन्दा कडा हुन सक्छ । यसको लागि जलबिन्दु नभएको व्यक्तिको आँखा हल्का थिचेर पनि सामान्य चापको अन्दाज गर्न सकिन्छ । उपचार जलबिन्दुको शंका लागेमा तुरुन्त नजिकको जलबिन्दु उपचार हुने आँखा अस्पतालमा पठाउनुहोस् । यसको उपचारमा आँखाको चाप नियन्त्रण गर्न विभिन्न औषधिहरु तथा शल्यक्रिया गर्नु्पर्ने पनि हुन सक्छ । -आँखा, नाक, कान, घाटी तथा मुख स्वास्थ्य सम्बन्धी स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सेवा विभागले तयार पारेको पुस्तकबाट क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक… लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ कसरी गर्ने छालाको हेरचाह ? ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग TFN ट्रेण्डिङ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो' कसरी गर्ने छालाको हेरचाह ? किड्नी र ट्रान्सप्लान्ट प्याथालोजिष्टले खोले ५ करोड लगानीमा मल्टी सुपरस्पेशसियालिटी ल्याब पूर्व सचिव भीम उपाध्याय विरुद्ध साइबर ब्युरो जाँदैं नेपाल मेडिकल काउन्सिल कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो' कसरी गर्ने छालाको हेरचाह ? किड्नी र ट्रान्सप्लान्ट प्याथालोजिष्टले खोले ५ करोड लगानीमा मल्टी सुपरस्पेशसियालिटी ल्याब पूर्व सचिव भीम उपाध्याय विरुद्ध साइबर ब्युरो जाँदैं नेपाल मेडिकल काउन्सिल