गृहपृष्ठ ∕ अन्य ∕ जापानका पूर्व प्रधानमन्त्री आबेमाथि गोली प्रहार, नारा मेडिकल युनिभर्सिटी हस्पिटलमा उपचार हुँदैं जापानका पूर्व प्रधानमन्त्री आबेमाथि गोली प्रहार, नारा मेडिकल युनिभर्सिटी हस्पिटलमा उपचार हुँदैं हेल्थ आवाज शुक्रबार, २०७९ असार २४ गते, ११:०२ मा प्रकाशित टोकियो-जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ । शुक्रबार विहानै नारा सहरमा एक सभालाई सम्बोधन गरिरहेका बेला उनीमाथि गोली प्रहार भएको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् । भाषण गरिरहेका बेला अचानक गोली प्रहार भएपछि उनी त्यही ढलेका थिए । सञ्चारमाध्यमहरुकाअनुसार उनलाई पछाडिबाट दुई वटा गोली हानिएको थियो । ६७ वर्षीय आबेको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । उनको उपचार नारा मेडिकल युनिभर्सिटी अस्पताल भइरहेको छ । प्रधानमन्त्री फुमिओ किसिदा उनलाई हेर्नका लागि अस्पताल पुगेका छन् । प्रहरीले आबेमाथि हमला गर्ने ४२ वर्षीय एक व्यक्तिलाई गिरफ्तार गरेको छ । अहिलेसम्म हमलाको कारण पत्ता लाग्न सकेको छैन । जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री भएका आबे पहिलो पटक सन् २००६—००७ मा प्रधानमन्त्री बनेका थिए । त्यसपछि उनी सन् २०१२ देखि सन् २०२० सम्म जापानको प्रधानमन्त्री बने । आबेले प्रधानमन्त्रीका रुपमा ९ वर्ष जापानको नेतृत्व गरेका थिए । उनी लिबरल डेमोक्रेटिक पार्टीसँग आवद्ध छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार म्याग्नस फर्मालाई अन्तर्राष्ट्रिय अवार्ड एचआईभी नियन्त्रण र उपचारमा सुधार भएपनि लाञ्छना र विभेद अझै… डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा… नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको… धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ५ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ६ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द कर्णाली एक सय ३२ औषधि पसलको दर्ता रद्ध फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको परिपत्र स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु कोरोनाका कारण २४ घण्टाभित्र मृतकको संख्या शून्य मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द कर्णाली एक सय ३२ औषधि पसलको दर्ता रद्ध फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको परिपत्र स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु कोरोनाका कारण २४ घण्टाभित्र मृतकको संख्या शून्य मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी