२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यधेरै मात्रामा प्रोटिन भएका चीज, माछा र मासुमा हप्ता दिनसम्म रहन सक्छ कोभिड

धेरै मात्रामा प्रोटिन भएका चीज, माछा र मासुमा हप्ता दिनसम्म रहन सक्छ कोभिड


धेरै मात्रामा प्रोटिन भएका चिज, माछा, मासु तथा अन्य प्रोटिनयुक्त खानेकुरामा कोभिड १९ हप्ता दिनसम्म रहिरहन सक्ने बेलायतमा गरिएको एक अध्ययनले पत्ता लगाएको छ ।

दिनहुँ उपभोग गरिने फलफुल, पेष्ट्री, प्याकिङ गरिएका तथा अन्य बोतलमा बिक्रि गरिने खानेकुरामा गरिएको जाँचमा यो पत्ता लागेको हो ।
फुड स्ट्यान्डर्ड एजेन्सी बेलायतले मानीसहरुले खरिद गर्ने बित्तिकै खाइने कुरामा गरिएको अध्ययनले हात धोएर उक्त खानेकुराको सेवन गर्दा खासै फरक नपर्ने कुरा पनि पत्ता लागेको हो ।

तर उक्त अनुसन्धानले छुँदा भन्दा पनि श्वासका ड्रपलेटका कारण खानेकुरा संक्रमित हुने जनाएको छ ।

विशेषज्ञ एन्थनी विल्सनले प्याकिङ गरिएका खानेकुराबाट कोभिडको संक्रमण न्यून मात्रामा सर्ने बताए । काउली, ब्रोकाउलीजस्ता तरकारी तथा फलफुल जसको सतह चिल्लो छैनन् त्यसमा यो भाइरस लामो समयसम्म रहने पनि उक्त अध्ययनबाट पत्ता लागेको हो ।

त्यस्तै स्याउ लगायतका चिल्ला आवरण भएका फलफुलमा यो सर्ने जोखिम न्यून रहेको पनि अध्ययनले जनाएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ