२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यआईओएमका विद्यार्थीहरुद्वारा ४ वटा विद्यालयमा स्वास्थ्य सचेतना कार्यक्रम संचालन

आईओएमका विद्यार्थीहरुद्वारा ४ वटा विद्यालयमा स्वास्थ्य सचेतना कार्यक्रम संचालन


काठमाडौं—त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम( महाराजगन्ज क्याम्पसका विद्यार्थीहरुले उपत्यकाका ४ वटा विद्यालयहरुमा स्वास्थ्य कार्यक्रम संचालन गरेका छन् । उनीहरुको संस्था सामाजिक दायित्त्वका लागि चिकित्सकहरु (Physicians for Social Responsibility Nepal- Student Chapter IOM) ले माध्यमिकस्तरका विद्यार्थीहरुलाई लक्षित गरी उपत्यकाका ४ वटा विद्यालयमा स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको हो।

उच्च रक्तचाप, मधुमेह, मष्तिस्कघात र हृदयघात शीर्षकमा उक्त कार्यक्रम भक्तपुरको गणेश मावि, नक्सालको श्री नन्दी मावि, रानीपोखरीको दरबार हाइस्कुल र तिलिङ्गटार मावि टोखामा सम्पन्न भएको हो ।

विद्यार्थीहरुमार्फत उनीहरुको परिवार र समाजमा यी रोग, रोगका कारक तत्वहरु, पुर्‍याउन सक्ने दीर्घकालीन असरका एवं रोकथामका उपायका बारेमा सजग गराउने उद्देश्य रहेको कार्यक्रमको नेतृत्वकर्ता लव रावलले जानकारी दिए । ‘हामीले सचेतना बढाउनका लागि विद्यालयमा कार्यक्रम गरेका हौं,’ उनले भने, ‘यसले परिवारका सदस्यहरुलाई सचेत गराउन सहयोगी भूमिका खेल्छ ।’

अभियानका नेतृत्वकर्ता लव रावल

मेडिकल विद्यार्थीलाई किताबी ज्ञानका अतिरिक्त व्यक्तित्व विकास एवं समाजलाई हित हुने कामहरुमा क्रियाशील गराउने नवीन कार्यक्रमहरु गर्न यो संस्था अग्रसर छ।

रावल महाराजगन्ज चिकित्सा क्याम्पसमा अन्तिम वर्ष एमबीबीएस् अध्ययनरत छन् । उनी क्याम्पसमा सुरुवाती दिनदेखि नै क्याम्पसमा विद्यमान विकृति एवं विद्यार्थीको हक अधिकारका लागि लड्दैं आएका छन् ।

उनकै अगुवाईमा आईओएममा पहिलाभन्दा क्याम्पसका गतिविधिमा केही सुधार देखिए तापनि सुधारका लागि दर्जनौं कमजोरीहरु रहेको भन्दै आफू र सुधार चाहने आफ्ना साथीहरुको समूह खटिरहेको उनले बताए ।

‘तीन दशकदेखि अस्तव्यस्त रुपमा चलिरहेको क्याम्पस छात्रावासमा हाम्रै समूहको पहलमा सुधार गर्ने प्रयास अगाडि बढेका छन्,’ उनले भने, ‘यसबाहेक विद्यार्थी हकहितका लागि अन्य विभिन्न काममा पनि हामी लागिरहेका छौं ।’


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ