२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यजलवायु परिवर्तनले स्वास्थ्यमा पार्ने असरका बारेमा गोष्ठी सम्पन्न

जलवायु परिवर्तनले स्वास्थ्यमा पार्ने असरका बारेमा गोष्ठी सम्पन्न


काठमाडौँ – शुक्रबार राजधानीमा नेपालमा जलवायु परिवर्तनले स्वास्थ्यमा पार्ने असरका बारेमा राष्ट्रिय प्रारम्भ कार्यशाला गोष्ठी भएको छ । नेपाल स्वास्थ्य तथा जनसंख्यामन्त्रालय, विश्व स्वास्थ्य संगठन र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को संयुक्त आयोजनामा गोष्ठी भएको हो ।

नेपालमा जलवायु परिर्वतनले स्वास्थ्य क्षेत्रमा पारेको असर, जोखिम तथा अनूकुलनको मूल्याङ्कनका विषयमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा.मेधनाथ धिमालको प्रस्तुति रहेको थियो ।

डा. धिमालले भने ‘जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा दूषित पानी र खाना, वायु प्रदुषण, खडेरी र पोषणको कमीबाट उत्पन्न हुने रोग, चोटपटक तथा मनोरोगहरु जस्ता समस्याहरु बढिरहेको छन् । तापमान वृद्धिले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा विभिन्न किटजन्य र पानीजन्य रोग जस्ता सरुवा रोगको प्रकोप बढेको छ । भारी वर्षाले निम्त्याउने बाढी र पहिरो जस्ता प्रकोपहरूले पिउने पानीलाई दूषित बनाई हैजा वा टाइफाइडको प्रकोप जस्ता जनस्वास्थ्य संकटहरू आइरहेको छन् ।’

त्यस्तै, राष्ट्रिय जलवायु परिवर्तन स्वास्थ्यरणनीतिकाअनुकुलनको मुख्य सिद्धान्त स्वास्थ्य क्षेत्रमा आवश्यक मात्रामा साझेदारिता बढाएर जलवायु परिवर्तनबाट स्वास्थ्यमा पर्ने असरहरुबाट संरक्षण भनेको रोकथाम गर्नु हो । त्यसैगरी समग्रमा राष्ट्रिय अनुकूलन योजना तयार गर्न र त्यसको प्रभावकारी कार्यान्वयन गर्न पनि यसले सहयोग पुर्याउँनु पर्ने बताएका छन् । डा.धिमालका अनुसार राष्ट्रिय स्वास्थ्य अनुकूलन योजनाले परिकल्पना गरेका उद्देश्यहरु यस प्रकार छन् ।

(१)जलवायु उत्थानशील स्वास्थ्य प्रणाली मार्फत नेपालमा जलवायु परिवर्तनका कारण उत्पन्न हुन सक्ने समस्याबाट मानव स्वास्थ्यको रक्षा गर्ने ।
(२) मानव स्वास्थ्यमा जलवायु परिवर्तनका कारण पर्ने असर घटाउन जोखिम न्यूनीकरण तथा अनुकूलनका उपायहरु प्रभावकारी रुपले बृद्धि गर्ने ।
(३) सरकारी, निजी तथा नागरिक समाजसँग सम्बन्धित संघसंस्था र विकास साझेदारहरुबीच उत्कृष्ट साझेदारी निर्माण गरी समावेशी प्रक्रियाअन्तर्गत स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धि गरी जलवायु परिवर्तनले स्वास्थ्यमा पार्ने नकारात्मक असरलाई सम्बोधन गर्ने ।

सम्पुर्ण रणनीतिक साझेदारहरुसँग सहकार्य गदै जलवायु परिवर्तनबाट स्वास्थ्यमा पर्ने असरहरुको न्यूनीकरण गर्नु नै यस योजनाले निर्धारण गरेको लक्ष्य हो । यस योजनाले ध्यान दिन खोजेको पक्ष भनेको न्युनीकरण, अनुकूलन र समानुकूलनको रणनीतिद्धारा जलवायु परिवर्तनको प्रभावबाट मानव स्वास्थ्यको संरक्षण गर्नु रहेको छ । यसै पृष्ठभूमिमा कुनै निश्चित अवधिभित्र उपलव्ध स्रोत र साधनको उचित प्रयोग गरेर राष्ट्रिय स्वास्थ्य अनुकूलनसम्वन्धी उद्धेश्य प्राप्तिक ानिम्ति यो योजना तयार गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि डा. रोसन पोखरेलले जलवायु परिवर्तनको विषय महत्वपूर्ण रहेको र यसमा सम्बन्धित निकायले विषेश प्रथमिकताका साथ हेनुपर्ने र मिलेर अगाडी बढाउनु पर्नेमा जोड दिएका थिए ।
उक्त कार्यक्रमका अतिथिहरुमास् वास्थ्य मन्त्रालयका सचिब डा. रोसन पोखरेल ,स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्र रमन सिंह , स्वास्थ्य मन्त्रालयकोकी अतिरिक्त सचिवडा. संगीता कैशल मिश्र , राट्रिष्य योजना आयोगका सहसचिब डा. किरण रुपाखेतीको उपस्थिती रहेको थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरुको उपस्थिति रहेको थियोे भने कार्यक्रमको प्रमुख अतिथ्यताअधक्ष्यता नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदिप ज्ञवालीको रहेको थियो ।

नेपालले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा गरेका विभिन्न प्रतिबद्धता नेपालको संविधान २०७२, राष्ट्रिय स्वास्थ्यनीति २०७६, राष्ट्रिय जलवायु परिवर्तन नीति २०७६, वातावरणसंरक्षण ऐन २०७६, जनस्वास्थ्य ऐन २०७५, राष्ट्रिय अनुकूलन योजना २०२१–२०५०,पन्धौं योजना आदि नीति तथा कार्यक्रमहरुले जलवायु परिवर्तन स्वास्थ्य अनुकूलन रणनीति तथा कार्ययोजना तयार गरी लागु गर्नुपर्ने कुरा निर्देशित गरेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ