२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यनर्भिक आइभिएफले निःशुल्क ओपिडी गर्दै, ल्याव र टिभिएसमा छुट

नर्भिक आइभिएफले निःशुल्क ओपिडी गर्दै, ल्याव र टिभिएसमा छुट


काठमाडौं – नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको ‘नर्भिक आइभिएफ सेन्टर’ले आउँदो शनिवार(चैत ४ गते) निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ ।

नि:सन्तानसम्बन्धी समस्या भएका र दुरविन पद्धतिबाट स्त्रीरोग सम्बन्धमा शल्यक्रिया गर्न चाहने तथा अन्य कुनै स्त्रीरोग सम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै हस्पिटलले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्न लागेको हो ।

नर्भिक हस्पिटलकी वरिष्ठ स्त्री रोग तथा टेष्टट्युव वेवी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मासहितको टोलीले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्नेछ ।

आगामी चैत्र ४ गते शनिवार बिहान १० देखि २ बजेसम्म नर्भिक आइभिएफ सेन्टरमा सञ्चालन हुने निःशुल्क ओपिडी सेवामा बिरामीलाई भिडियो एक्स-रेमा २० प्रतिशत र ल्याब परीक्षणमा १० प्रतिशत छुट दिइने नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले जानकारी दिए ।

उक्त स्वास्थ्य परीक्षणमा सहभागी बिरामीको कुनै पनि शल्यक्रिया गर्नुपरेमा थप छुटसहितको प्याकेज पनि लागू गरिने मिश्रको भनाई छ ।
निःशुल्क ओपिडी सेवामा स्वास्थ्य परीक्षण गराउन चाहने बिरामीले अग्रिम रूपमा नाम दर्ता गराउन समेत सक्ने अस्पतालले जनाएको छ । अस्पतालको टेलिफोन नम्बर ०१५९७००३२ मा सम्पर्क गरी नाम दर्ता गराउन सकिनेछ ।

नर्भिक अस्पतालले सामाजिक उत्तरदायित्व(सीएसआर)अन्तर्गत सर्वसाधारण बिरामीलाई लक्षित गर्दै प्रत्येक शनिवार विभिन्न रोगसँग सम्बन्धित विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क ओपिडी सेवा सञ्चालन गर्दै आएको छ । अस्पतालले गत फागुन ७ गते मधुमेहका रोगीलाई लक्षित गरी वृहत् जनचेतनामूलक कार्यक्रम समेत गरेको थियो । आगामी चैत ७ गते समेत पुनः मधुमेहलक्षित जनचेतनामूलक कार्यक्रम समेत आयोजना हुँदैछ । सो कार्यक्रममा सहभागी बिरामीले ब्लड सुगर निःशुल्क जाँचको सुविधा समेत पाउनेछन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ