२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ मनमोहन मेमोरियल मेडिकल कलेज र नेपालय कलेजबीच उपचारमा छुट सम्बन्धि सम्झौता

मनमोहन मेमोरियल मेडिकल कलेज र नेपालय कलेजबीच उपचारमा छुट सम्बन्धि सम्झौता


काठमाडौं—मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल र कलंकीस्थित नेपालय कलेजबीच सम्झौता भएको छ । मंगलबार राजधानीमा एक समारोहकाबीच मनमोहन मेमोरियल अस्पतालका कार्यकारी निर्देशक डा. नस्तुप्रसाद शर्मा र नेपालय कलेजका प्रधानाध्यापक कृष्णप्रसाद डोटेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

मनमोहन मेमोरियल मेडिकल कलेज र नेपालय कलेजबीच भएको सम्झौताअनुसार नेपालय कलेजका पदाधिकारी, सदस्य, कर्मचारी, विद्यार्थी, निजहरुका परिवारका सदस्यहरुको परिचय खुल्ने कागजात (जन्म दर्ता प्रमाणपत्र, नागरिकता, कलेजको परिचय पत्र, मतदाता परिचय पत्र, सवारी चालक अनुमति पत्र, राहदानी तथा कलेजको सिफारिसको आधार)मा मनमोहन मेमोरियल अस्पतालबाट उपलब्ध हुने सम्पूर्ण सेवामा सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने जनाइएको छ ।

सामान्य शैय्या, ल्याब परीक्षण, एक्सरे एवं भिडियो एक्सरे, इसिजीमा १५ प्रतिशत र अन्य विशेष सेवाहरु क्याबिन, आईसीयु तथा आईसीयु भेन्टिलेटर, अपरेशन, इको, मेमोग्राम, इन्डोस्कोपी र फिजियोथेरापीमा समेत १० प्रतिशत छुट सेवा पाउनेछन् ।

यस्तै, ८० वर्षदेखि माथि उमेरका जेष्ठ नागरिकहरुलाई ५० प्रतिशत र ७० वर्ष देखि ७९ वर्षका जेष्ठ नागरिकहरुलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । यो सुविधा ईएचएस, अक्सिजन, नेबुलाइजर ओटी, क्याबिन, आईसीयु, आउट् सोर्सिङ सेवामा लागु नहुने उल्लेख गरिएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ