२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यबाग्लुङमा नेत्रज्योति संघको निःशुल्क आँखा शिविर, ६८ जनाले पाए गुमेको ज्योति

बाग्लुङमा नेत्रज्योति संघको निःशुल्क आँखा शिविर, ६८ जनाले पाए गुमेको ज्योति


काठमाडौं—नेपाल नेत्र ज्योति संघ बाग्लुङ, आँखा सेवा केन्द्र बुर्तिवाङ, बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र ढोरपाटन नगरपालिकाको संयुक्त आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

२९ फागुनदेखि १ चैतसम्म प्राथमिक स्वास्थ्य केन्द्र ढोरपाटनमा सञ्चालन गरिएको शिविरमा ६८ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको थियो भने ६ सय ६८ जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो ।

नेपाल नेत्रज्योति संघले पैसाको अभावका कारण कोही पनि अन्धोपनमा जीवन बिताउन नपरोस भन्ने हेतुले पछिल्लो समय हुनेसँग लिने र नहुनेलाई सेवा दिने उद्देश्यले स्थानीय सरकारसँगको साझेदारीमा उज्यालो अभियान कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा बागलुङको ढोरपाटन नगरपालिकामा शिविर सञ्चालन गरेको हो ।

नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढी आँखा उपचार केन्द्र संचालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरुमार्फत हरेक जिल्लाका नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ