२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यआमाको गर्भमै बच्चाको मुटुको सर्जरीः एम्समा ९० सेकेण्डमा गरियो शल्यक्रिया

आमाको गर्भमै बच्चाको मुटुको सर्जरीः एम्समा ९० सेकेण्डमा गरियो शल्यक्रिया


नयाँदिल्ली—भारतको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स)का चिकित्सकहरुले गर्भमै रहेको बच्चाको मुटुको सफल शल्यक्रिया गरेका छन् । भारतीय संचार माध्यमहरुकाअनुसार एम्सका सर्जनहरुले गर्भमै रहेका बच्चाको अंगुर जति सानो मुटुको सफल सर्जरी गरेका हुन् ।

चिकित्सकहरुले बलुन डाइलेसन सर्जरी गरेर बन्द रहेको बच्चाको मुटुको भल्ब खोलेका थिए । यो सर्जरी चिकित्सकहरूले केवल ९० सेकेण्डमा पूरा गरेका थिए । आमा र बच्चा दुवै सुरक्षित रहेको बताइएको छ ।

शल्यक्रियामा एम्सको कार्डियोथोरासिक सेन्टरमा गरिएको थियो । गर्भभित्रै शल्यक्रियाको प्रोसिजर पूरा गरेका एम्सका चिकित्सकहरु अहिले बच्चाको हार्ट चेम्बर्स विकासको मोनिटर गरिरहेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत बुधबार डाक्टरले गरेको यो प्रयासको सराहना गरेका छन् । उनले भारतीय चिकित्सकहरुमाथि आफूलाई गर्व भएको उल्लेख गरे ।

२८ वर्षीया ती महिलालाई अस्पतालमा भर्ती गरिएको थियो । उनको पछिल्ला तीन प्रेगेनेन्सी लस भएका थिए ।

डाक्टरहरुले परीक्षणपछि बच्चाको हार्ट कन्डिसनमा समस्या रहेको पत्ता लगाएका थिए । यसलाई सुधार गर्नका लागि शल्यक्रिया सुझाव दिइयो । जसमा महिला र उनका पति दुवैजना सहमत भए ।

डाक्टरहरुकाअनुसार जब बच्चा आमाको गर्भमा हुन्छ, त्यो बेला पनि कुनै गम्भीर प्रकारको मुटु रोगलाई पत्ता लगाउन सकिन्छ । मुटुमा समस्या भएको बच्चाको गर्भमै यो समस्या उपचार भएमा जन्मेपछि स्वास्थ्य राम्रो हुने सम्भावना बढ्छ र बच्चाको विकास राम्रोसँग हुन्छ ।

सर्जरीमा संलग्न चिकित्सकहरुले वच्चामा गरिएको सर्जरीको नाम बेलुन डाइलेसन सर्जरी हो । यो पोसिजर अल्ट्रासाउण्ड गाइडेन्समा गरिन्छ । सर्जरीमा संलग्न एक चिकित्सकले भने, ‘यसका लागि हामीले आमाको पेटबाट बच्चाको मुटुमा एक सुई हाल्यौं । त्यसपछि बेलुन क्याथरेटरको मद्धतबाट हामीले बन्द भल्व खोल्यौं ताकि रक्तसंचार राम्ररी हुन सकोस् । हामीलाई आशा छ कि यो सर्जरीपछि बच्चाको मुटु राम्रोसँग विकसित हुनेछ । र, जन्मको समयमा मुटुको बिमारीको खतरा कम हुनेछ ।’

कार्डियोथोरासिक साइसेन्स सेन्टरको टिमका सिनियर चिकित्सककाअनुसार यस्तो शल्यक्रिया गर्भमा हुर्किरहेको बच्चाको ज्यानमा लागि खतरा पनि हुन सक्छ । त्यसकारण यसलाई एकदमै होसियारी पूर्वक गर्नुपर्छ । ‘बढीजसो हामी जब यस्तो प्रोसिजर गर्छौ त यो एन्जियोप्लास्टिकजस्तै हुन्छ । तर, यसलाई एन्जियोप्लास्टिक जसरी गर्न सकिदैंन् ।’

यो प्रोसिजरमा अल्ट्रासाउण्डको गाइडेन्सबाट एकदमै चाडो गर्नुपर्छ । किनभने, यसमा हार्ट चेम्बरलाई पन्चर गरिन्छ । यसमा सानो मात्रै त्रुटि भयो भने बच्चाको ज्यान जान सक्ने ती चिकित्सकले बताएका छन् ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ