२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्य६० प्रतिशत क्यान्सरका बिरामीले ऋण लिएर गर्छन् उपचार

६० प्रतिशत क्यान्सरका बिरामीले ऋण लिएर गर्छन् उपचार


काठमाडौँ – क्यान्सरका ६० प्रतिशत विरामिले उपचार गर्दा ऋण काडेर उपचार गराउनुपर्ने वाध्यता रहेकाे एक अध्ययनले देखाएकाे छ ।

सुर्तिजन्य पदार्थ राेकथामका लागि काम गरिरहेकाे संस्था एक्सन नेपालले सन् २०१९ मा १०३ जना क्यान्सरका बिरामीमा गरेको अध्ययनमा ६० प्रतिशत क्यान्सरका बिरामीले ऋण लिएर उपचार गर्ने पाइएको छ ।

मंगलबार सार्वजनिक गरिएको अध्ययनको तथ्यांकमा ६० प्रतिशतले आफन्तबाट ऋण मागेर उपचार खर्च जुटाउने गरेको पत्ता लागेको हो ।

एक्सन नेपालका अध्यक्ष तथा अनुसन्धानकर्ता आनन्द बहादुर चन्द सहितकाे टिमलेगरेको अध्ययनमा टोबाकोका कारण क्यान्सर हुनेहरुको उमेर ५५–५९ उमेरको रहेको पाइएको छ । क्यान्सरका लागि उपचारको लागि मूख्य आम्दानी स्रोत कृषि रहेको पाईएको छ, जुन ४२.७ प्रतिशत रहेको छ ।

त्यस्तै, व्यापार व्यवसायबाट २२.३ प्रतिशत, ज्याला मजदुरीबाट ११.७ प्रतिशत, सरकारी सेवा र वैदेशिक रोजगारीबाट ८.७ प्रतिशत खर्च गर्ने गरेको पाइएको छ ।

त्यस्तै १६ प्रतिशत क्यान्सरका बिरामीले घर जग्गा बेचेर उपचार गर्ने पाइएको छ भने बढी खर्च गर्ने क्षमता भएका क्यान्सरका बिरामीले कम खर्च गर्ने बिरामीको तुलनामा ४ गुणा बढी खर्च गर्ने पाइएको छ ।

क्यान्सरको पहिचान तथा उपचार गर्न औसत ९ लाख ८१ हजार ३७० रुपैयाँ खर्च लाग्ने अध्ययनमा पत्ता लागेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ