२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यअर्किडद्वारा बालबालिकाको अर्लि इन्टरभेन्सनबारे अन्तक्रिया आयोजना

अर्किडद्वारा बालबालिकाको अर्लि इन्टरभेन्सनबारे अन्तक्रिया आयोजना


काठमाडौं—बसुन्धरास्थित अर्किड फिजियो एण्ड रिह्याबले बालबालिकाको अर्लि इन्टरभेन्सनबारे अभिभावकहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । आइतबार अर्किडको हलमा सम्पन्न भएको उक्त अन्तक्रिया कार्यक्रममा विज्ञहरुले वृद्धि विकासमा ढिलाइ देखिएका बालबालिकाहरुको स्वास्थ्यका विविध विषयमा जानकारी गराएका थिए ।

डेभलमेन्टल पेडियाट्रिकसिन डा. अनिलराज ओझाले घरायसी वातावरण, बालबालिकासँग गर्ने संवादजस्ता कुराहरुले बालबालिकाको विकासमा प्रभाव पार्ने बताए । ‘बालबालिकाहरुलाई सही तरिकाले सिकाउँदैं गएपछि सिक्दै जान्छन्,’ उनले भने, ‘त्यसका लागि बालबालिकालाई कस्तो वातावरण दिने, कसरी संवाद गर्ने भन्ने विषयमा अभिभावकहरु संवेदनशील बन्नुपर्छ ।

अन्तरक्रियामा शुभेच्छा शर्माले अटिज्म तीन वर्षकै उमेर थाहा भइसक्ने र यो जीवनभर रहिरहने समस्या भएको बताइन् । उनले रेस्पोन्स, कम्युनिकेसन, आई कन्ट्याक्टजस्ता कुराहरुमा बच्चाहरुबाट त्यसको संकेत मिल्ने बताइन् ।

प्रतिभा सेढाइले बालबालिकाको विकासमा स्पीच थेरापीको भूमिकाका विषयमा प्रकाश पारेकी थिइन् । उनले स्पीच थेरापिष्टहरुले विभिन्न टेक्नीकहरुबाट सामान्य रुपमा विकास हुन नसकेका बालबालिकाको बोलीचालीको विकासमा भूमिका खेल्ने बताइन् । उनले बालबालिकाको बोली विकासमा स्पीच थेरापीको भूमिकाका बारेमा प्रकाश पारेकी थिइन् ।

कार्यक्रममा फिजियोथेरापिष्ट अच्युत भण्डारीले अंकुपेसनल थेरापीको माध्यमबाट दैनिक क्रियाकलाप र सेन्सेसन मा स्कील डेभलपमेन्ट टुल्समार्फत सहयोग पुग्ने बताए । हरि दाहालले भिजन थेरापीका विषयमा प्रकाश पारेका थिए भने मनिषा मिनाले फिजियो थेरापीका बालविकासमा खेल्ने. भूमिका विषयमा जानकारी गराएकी थिइन् । यस्तै, कार्यक्रममा फिजियोथेरापिष्ट उज्ज्वल सापकोटालगायतका विषय विज्ञहरुलले बाल विकासका विभिन्न पक्षहरुमाथि प्रकाश पारेका थिए ।

अर्किडले यही शैक्षिक सत्रदेखि वृद्धि विकासमा ढिलाइ देखिएका र जोखिममा रहेका बालबालिकाहरुलाई सम्पूर्ण पूर्वाधारसहितको बाल इन्टरभेन्सन कार्यक्रम संचालन गर्दैछ । जसमा अटिजम, डाउन सिन्ड्रोम, सेरेबराल पाल्सी, ग्लोबल डेभलपमेन्ट डिलेमाजस्ता समस्याहरु निराकरणमा भूमिका खेल्ने गरी इन्टरभेन्सन कार्यक्रम डिजाइन गरिएको अर्किडकी संस्थापक यमुना कटवालले जानकारी दिइन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ