२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यकैदीबन्दीहरुको स्वास्थ्य उपचार ब्यवस्थित गर्न केन्द्रीय कारागार अस्पतालमा छलफल

कैदीबन्दीहरुको स्वास्थ्य उपचार ब्यवस्थित गर्न केन्द्रीय कारागार अस्पतालमा छलफल


काठमाडौं—केन्द्रीय कारागार अस्पतालमा कारागारमा कैदीबन्दीहरुको स्वास्थ्य उपचार व्यवस्थित गर्न वृहत छलफल सम्पन्न भएको छ । कारागार व्यवस्थापन विभाग, कारागार कार्यालय,अनाश्रित गुल्म जगन्नाथ देवल तथा कैदीबन्दीहरुको विशेषज्ञ स्वास्थ्य उपचार गर्न सम्झौता गरिएका १८ वटा अस्पतालका निर्देशक र फोकल पर्सनसँग परिचयात्मक तथा थप गुणस्तरीय प्रेषण तथा उपचार ब्यवस्थापन सम्बन्धमा विस्तृत छलफल भएको हो ।

कैदीबन्दीहरुको स्वास्थ्य उपचार व्यवस्थित गर्न गृह मन्त्रालयअन्र्तगत २०७० मा १५ र २०७५ सालमा ३० शैय्या क्षमतामा सञ्चालित र निकट भविष्यमै ५० शैय्यामा स्तरोन्नती गरिदै गरेको केन्द्रिय कारागार अस्पताल देशभरका कैदीबन्दीको प्रेषण केन्द्र तथा केन्द्रिय, भद्र र महिला सुधार गृहको नियमित अस्पताल हो । वि.सं. ०७९ चैत्र १ गते देखि डिल्लीबजार र जगन्नाथदेवलका बिमित कैदीबन्दीहरुको प्राथमिक अस्पताल तथा देशभरको प्रेषण अस्पताल पनि हो ।

छलफलका क्रममा वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेल, ट्रमा सेन्टरका प्रमुख डा. रुद्र प्रसाद मरासीनी, टेकु अस्पतालका निर्देशक डा. मनिषा रावल, मानसिक अस्पतालका निर्देशक डा. अनन्तप्रसाद अधिकारी, भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. बिष्णुदत्त पौडेल, रेडक्रसका उपनिर्देशक डा. प्रकाशकुमार यादवलगायतले मन्तव्य राख्दै कारागार अस्पतालको रेफरल पत्र लिएर आउने कैदीबन्दीको उपचारलाई उच्च प्राथमिकता दिदै आएको र केही समस्या आएमा डा. प्रकाशसंगको सम्पर्क र समन्वयमा समाधान हुँदै आएको र थप सहयोग गर्ने पनि बताएका थिए ।

त्यस्तै नेशनल रेफरेन्स ल्याबरेटोरीका उपप्रमुख जयविन्द सिंह, प्रसुती गृहकी वरिष्ठ नर्सिङ अधिकृत शुक लामा, हेल्थ केअर फाउन्डेसनकी अन्जना चगुठी, कान्ति बाल अस्पतालका रमेश नरसिंह केसी, आ“खा अस्पतालका मेडिकल रेर्कडर सन्तोष पौडेल,कारागार प्रशासक ललित बस्नेत,सहायक मित्र लुईटेल र स्वास्थ्यकर्मी कल्पना ज्ञवाली, कारागार ब्यवस्थापन बिभागका रामचन्द्र शिवाकोटी तथा कारागार अस्पतालका डा. अक्षता श्रीवास्तव, डा. श्वेता श्रेष्ठ, डा. राजेश लामिछाने, जनस्वास्थ्य निरिक्षक श्यामकाजी थापा, भवानी शर्मा, मातृकाप्रसाद शर्मा, लेखापाल सरिता अधिकारी, शाखा अधिकृत रमा घिमिरे, मेडिकल रेर्कडर दिपेश यादव, फार्मासिष्ट रोजिना कार्कीलगायतले छलफलमा समस्याहरु राख्दै समाधानका उपायहरु राख्दै सहभागिता जनाएका थिए ।

कारागार अस्पतालका प्रमुख डा. बुढाथोकीले अगामी दिनमा थप औपचारिक,अनौपचारिक छलफलबाट समस्या समाधान गर्दे जाने र यहाहरुले आजसम्म गरेकोमा सहयोग र समन्वयप्रति हार्दिेक कृतज्ञता ब्यक्त गर्दे भबिष्यमा थप परिस्कृतरुपमा गर्नका लागी लाग्न शुभकामना दिएका थिए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ