२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यसमग्र कारागार स्वास्थ्यमा काम गर्न अनुरोध गर्दै कारागार अस्पताल

समग्र कारागार स्वास्थ्यमा काम गर्न अनुरोध गर्दै कारागार अस्पताल


काठमाडौं – कारागार अस्पतालले समग्र कारागार स्वास्थ्यमा काम गर्न अनुरोध गरेको छ । केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश बुढाथोकीज्यूले विश्व स्वास्थ्य संगठन  नेपालका प्रमुख डा.राजेश सम्वाजी राव पान्डव तथा एनपीओ डा. लोनिम प्रसाईँ दीक्षितलाई केन्द्रीय कारागार अस्पतालको निरीक्षण भ्रमण तथा बैठकमा स्वागत गर्दै उक्त आग्रह गरेका हुन् ।

केन्द्रीय कारागार अस्पतालको भौतिक संरचना,प्रदान गरिरहेको सेवा र उपलब्ध मेडिकल सरसामानको तथा आवश्यक औजारको बारेमा जानकारी दिँदै हालसालै अस्पतालमा सुरु गरिएको एम्बुलेन्स सेवा, मानसिक वार्ड, आकस्मिक कक्ष, फार्मेसी सेवा लगायतका समग्र अस्पतालका सेवाको अस्पतालका प्रमुख डा. बुढाथोकीले सहजता र समस्याका बारेमा स्थलगत निरीक्षण भ्रमण गराउँदै संक्षिप्त चर्चा गरेका हुन् ।

अस्पताल निरीक्षणपश्चात् अस्पतालको सभा हलमा एक छलफल कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट तथा कार्यक्रमका अध्यक्ष डा.प्रकाश बुढाथोकीज्यूले अस्पतालको वर्तमान अवस्था,निकट भविष्यमा सञ्चालन हुन लागिरहेको स्वास्थ्य बिमा व्यवस्थापन,कर्मचारीहरूका लागि सिप विकास तालिम,तिस शय्यामा सञ्चालनमा रहेको अस्पताललाई पचास शय्याको अस्पतालको रूपमा बिस्तार गरिने  लगायतका योजनामा रहेका विषयवस्तुमा जानकारी गराएका थिए ।

 विश्व स्वास्थ्य सङ्गठन नेपालका प्रमुख डा.राजेश सम्वाजी राव पान्डवले कैदीबन्दीहरुको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको र केन्द्रीय कारागार अस्पतालसँग बिशेषत स्वास्थ्य प्रर्बद्धनका कार्यक्रम गर्न इच्छुक रहेको  जानकारी गराए । उनले कर्मचारीहरूका लागि तालिम स्वास्थ्य सेवा विभाग तथा राष्ट्रिय तालिम केन्द्रबाट सञ्चालन गरिने तालिमहरूमा  सहजीकरण गर्न सकिने,मानसिक रोग तथा अन्य रोगका अनुसन्धानात्मक कार्यक्रमहरू  लगायत स्वास्थ्य प्रवर्द्धन जस्ता कार्यक्रमहरूमा सहकार्य गर्न सकिने भएकाले अस्पतालले प्रयास गर्न सुझाए ।

विश्व स्वास्थ्य सङ्गठन नेपालकी डा. लोनिम प्रसाईँ दीक्षितले यस अस्पतालमा  भइरहेको कैदीबन्दीहरुको स्वास्थ्य उपचारको बारेमा विशेष जानकारी लिँदै नसर्ने रोग,प्रकोप व्यवस्थापन योजनाका लागि प्राविधिक सहयोग र सहजिकरणका लागि पहल गर्ने जानकारी गराइन् ।

अस्पतालकी मेडिकल अफिसर डा.अक्षता श्रीबास्तवले सञ्चालन गरेको उक्त कार्यक्रममा कैदीबन्दीहरुमा रहेका मानसिक रोगका बारेमा अस्पतालकै मानसिक रोग विशेषज्ञ डा.कञ्चन दाहाल, दीर्घकालीन तथा नसर्ने रोगका बारेमा डा. मोनिका कठायत, फोहोरमैला व्यवस्थापन सम्बन्धमा नर्सिङ अधिकृत अमृता पुन र सूचना अधिकारी भवानी शर्मा तथा ज.स्वा.नि.श्याम काजी थापाले कैदीबन्दीहरुको स्वास्थ्य उपचार व्यवस्थापनमा आउने गरेका समस्याका बारेमा जानकारी गराए ।

कार्यक्रममा अस्पतालका निर्देशक डा. प्रकाश बुढाथोकीले राष्ट्रको जिम्मेवारीमा रहेका ७२ जिल्लाका ७४ कारागारमा रहेका देशभरका करिब ३१ हजार कैदी बन्दीको उपचारमा भन्दा रोगको रोकथाममा लगानी गर्न सके देशको धेरै पैसा र बिरामीको जटिल अवस्था र मृत्यु रोक्न सकिने बताए ।

यस्तै संगठनको ध्यानाकर्षण गराउँदै उनले निकट भविष्यमा स्वास्थ्यका अतिरिक्त कैदीबन्दीका स्वास्थ्यका अन्य आयाम वातावरण, सामाजिक, खानपान, जीवनशैलीका बारेमा थप निरीक्षण, खोज अनुसन्धान र अस्पतालका कार्यक्रमहरूमा सहकार्य अनुरोध गर्दै चासो र भ्रमणका लागी धन्यवाद ज्ञापन गरेका थिए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ