२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यनर्सिङ क्लब नेपालले आयोजना गरेको एक दिने नर्सिङ सम्मेलन काठमाडौंमा सम्पन्न

नर्सिङ क्लब नेपालले आयोजना गरेको एक दिने नर्सिङ सम्मेलन काठमाडौंमा सम्पन्न


काठमाडौं – नेशनल नसिङ्घ सम्मेलन सम्पन्न भएको छ । काठमाडौंको एक होटलमा नर्सिङ क्लब नेपाल र युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद संयुक्त आयोजना नेशनल नसिंङ सम्मेलन “नेतृत्वको रुपान्तरण तथा युवा र सक्षम नेतृत्वको विकास”भन्ने मुख्य नारा सहित सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री झलनाथ खनालले नीति, व्यवस्थापन र नयाँ उद्देश्य राखेर जनशक्ति उत्पादन गर्नुपर्ने स्थानमा सरकारको चुकेको बताए । उनले स्वास्थ्यको क्षेत्रमा पछिल्लो पाँच वर्षमा गर्नुपर्ने रिभोलुसन हुन नसकेको बताए । उनले भने‘ गाउँ गाउँमा हेल्थ केयर सेवा पुराउनका लागी संरचना, जनशक्ति र प्रविधि हुनुपर्छ । यसका लागी सरकारले नै पहल गर्नुपर्छ।’

सम्मेलनमा कान्ति बाल अस्पतालकी नर्सिङ निर्देशक रोशनी लक्ष्मी तुईतुईले देशमा करोडौँ लगानी गरेर उत्पादन गरेका दक्ष जनशक्ति लैजाने देशले क्षतिपूर्ति दिएर लैजानुपर्ने बताइन् । उनले महामारीको रूप लिँदै गरेको नसर्ने रोग नियन्त्रण गर्ने उद्देश्यले स्कुल र सामुदायिक नर्सले उल्लेखनीय भूमिका खेल्ने जिकिर गरिन् ।

नर्सिङ क्लब नेपालका अध्यक्ष विमला सुब्बाले दुर्गम वा सहरी क्षेत्रमा उत्तिकै आवश्यकता पर्ने नर्सिङ सेवा सेवामुखी र अब्बल जनशक्तिका रूपमा विकास गर्न यस्तो सम्मेलने महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले सम्मेलनले नर्सिङ पेसामा आबद्ध नर्सको उच्च आत्मबल बढ्ने र स्वदेशमै बसेर सम्मानित पेसाको रूपमा निरन्तर काम गर्ने प्रेरणा मिल्ने जिकिर गरे ।

काठमाडौं  मोडेल अस्पतालका क्याम्पस प्रमुख सुमिता पाठक अनुसार अहिले पढिरहेका नर्सहरू विदेश जाने गरेका छन् । नर्सहरू नेपालबाट सबैभन्दा बढी अष्ट्रेलिया, क्यानडा न्युजल्याड, अमेरिका र बेलायत बढी जाने गरेका उनले बताए । नेपालमा अध्ययन गरेका नर्समध्ये विदेशमा ७४ प्रतिशत विदेशमा जाने गरेका छन् । नेपालमा पिसियलको तथयांक घटेको उनको भनाई छ ।

अहिले नर्स उत्पादन घटेको छ । उनका अनुसार सरकारले खालि ठाउँमा करार पूर्ति गर्नुभन्दा त्यो नगर्दा जसले गर्दा नेपालमा नर्सको अभाव आउने देखिन्छ । उनले नेपालमा नर्सलाई कसरी टिकाउने विषयमा सरकारले ध्यान नदिएको देखिएको गुनासो गरिन् । उनले नर्सलाई राम्रो सेवा सुविधा , राम्रो शिक्षा दिएमा नेपालमै नर्स टिकाउन सकिने हुन्छ ।

आर्मी अस्पतालकी नर्सिङ प्रमुख सानुमाया श्रेष्ठले सरकारले खाली रहेका दरबन्दीलाई पूर्ति गरेमा नर्स विदेश जाने क्रम केही रोक्न सकिने बताइन् । सरकारको तथ्याकंमा एक नर्सले ४ देखि ६ जना बिरामी हेर्नुपर्ने भनिए पनि तर त्यो नरहेको उनको भनाई छ । उनले अहिले एक नर्सले ४० जना बिरामी हेर्नुपरेको बताइन् । हामी आफैमा पनि बाहिर गएर पैसा कमाएर खुसी हुन्छौं कि यही दुई छाक खाना खाएर राम्रो सेवा दिएर खुसी हुन्छौं ? उनको प्रश्न थियो ।

नर्सिङ काउन्सिलकी उपाध्यक्ष सारदा अर्यालले नर्स विदेशीनुलाई कसरी रोक्न सकिन्छ भनेर प्रस्ट पारेकी थिइन् । उनले आफ्नो देशमै केही गर्छ भन्दा भन्दै पनि रोजगारी नहुँदा नर्सहरू विदेशीका बताए । यसरी नै नर्स विदेशीने हो भने भविष्यमा नर्सको अभाव हुने देखिएको उनको भनाई छ ।

त्यसैगरी, नेपालमा नसर्ने रोगबाट वर्षमा १ लाख २६ हजार मानिसको मृत्यु हुने गरेको युनिसेफ पाकिस्तानका पूर्व प्रमुख हरि बास्कोटाले बताए । उनले नेपालमा ४० वर्षभन्दा माथिका १२ लाख दिर्घरोगका रहेका बताए । उनले भने,“नेपालमा पछिल्लो समय नसर्ने रोगमध्ये पनि सबैभन्दा बढी मधुमेहका छन् ।” पछिल्लो समय विश्वमा १० प्रतिशत महिलाले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको उनको भनाई छ । मानिसमा जनचेतनाका अभाव हुँदा सुर्तीजन्य पदार्थको सेवन बढेको उनले बताए ।

वीर अस्पतालकी नसिङ् प्रमुख संगिता श्रेष्ठले हामी नेपालीहरुले खान नजानेर नजाने रोगको जोखिम बढाइरहेका बताइन् । उनले भनिन्, ‘हामीले खानेकुरामा ध्यानमा नदिँदा नसर्ने रोगको जोखिम बढाइरहेका छौं । ‘

नेपाल क्यान्सर अस्पतालकी लहरमाया श्रेष्ठले निति नियममा सुर्तीजन्य पदार्थको नियन्त्रण गर्न कानुन बनाए पनि त्यसलाई पालना नगरेको बताइन् । सुर्तीजन्य पदार्थको प्रयोगले नसर्ने रोगको बढाएको उनको भनाई छ ।

‘हामीले मानिसमा नसर्ने रोगका बारेमा हामी नर्सहरुले जानकारी गराऔं,’ उनले भनिन् ‘नसर्ने रोगले एक जना बिरामी भएमा परिवारको सबैमा आर्थिक समस्या पारेको हुन्छ ।’ नर्सिङका बिद्यार्थीहरुले समुदायमा नसर्ने रोगका बारेमा जानकारी गराउन पनि उनले आग्रह गरिन् ।

पाटन अस्पतालकी नर्सिङ सुपरभाईजर रचना शाक्यले नसर्ने रोगबाट बच्न हामीले जीवनशैलीमा ध्यान दिनुपर्ने बताइन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा.राजेन्द्र वाग्ले नसर्ने रोगमा सबै जना मिलेर अघि बढेमा परिवर्तन आउने बताए ।

नर्सिङ क्लब नेपालका अध्यक्ष विमला सुब्बा घिमिरेले दुर्गम वा सहरी क्षेत्रमा उत्तिकै आवश्यकता पर्ने नर्सिङ सेवा सेवामुखी र अब्बल जनशक्तिका रूपमा विकास गर्न यस्तो सम्मेलने महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् ।

सम्मेलनमा क्लबकी उपाध्यक्ष सम्मेलनकी संयोजक उसा खनालले नर्सिङ पेशामा आबद्ध भएकाहरूलाई आत्मबल बढाउन र स्वदेशमै रहेर पेशालाई निरन्तर रूपमा अघि बढ्न प्रेरणा होस् भन्ने उद्देश्यका साथ सम्मेलन गरिएको बताइन् । उनले आजका सम्मेलनका उठेका समस्याका विषयमा सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

सम्मेलनमा युवा नेतृत्वको विकास, नर्सिङ पेशाको विकास, नर्सिङलाई कसरी सशक्त बनाउन सकिन्छ, नसर्ने रोगको नियन्त्रण लगायत विषय माथि समूहगत छलफल र प्रस्तुति भएको थियो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ