२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यमहिनावारी सुकेको ५ वर्षपछि ५२ वर्षीया महिलाले जन्माइन् जुम्ल्याहा

महिनावारी सुकेको ५ वर्षपछि ५२ वर्षीया महिलाले जन्माइन् जुम्ल्याहा


काठमाडौं—महिनावारी सुकेको ५ वर्षपछि काठमाडौंकी एक महिला आईभीएफ प्रविधिबाट जुम्ल्याहा सन्तान जन्माउन सफल भएकी छिन् । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको नर्भिक आईभीएफ सेन्टरमा उपचार गराइरहेकी ५२ वर्षीया ती महिलाले आईभिएफ प्रविधिमार्फत एकसाथ दुई सन्तानलाई जन्म दिएकी हुन् ।

बढ्दो उमेर समूहमा जोखिम बढी हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै गर्भाअवस्थादेखि नै उच्च निगरानीमा राखेर उपचार गरिएको थियो । शल्यक्रियामार्फत जन्मिएका दुवै जना सन्तान र आमाको अवस्था राम्रो रहेको नर्भिककी वरिष्ठ टेष्टट्युव बेबी विशेषज्ञ डा. नूतन शर्माले बताइन् ।

सामान्यतयाः बढ्दो उमेर समूहका महिलामा गर्भाधारण गर्ने र सन्तान जन्माउन सक्ने अवस्थालाई जटिल रुपमा हेर्ने गरिन्छ ।

डा. शर्माकाअनुसार ती महिलाको महिनावारी समेत सुकिसके र पाठेघरमा समेत मासु पलाएको थियो, जसको दुरबिनबाट गरिने शल्यक्रियामार्फत पाठेघरको मासु झिकेर आइभिएफ प्रविधिबाट उपचार गरिएको थियो ।

यसअघि पनि ५५ बर्षे महिलाले नर्भिकमै आइभिएफ प्रविधिमार्फत सन्तान प्राप्त गरेकी थिइन् । सामान्यतः नेपालको सन्दर्भमा सन्तान जन्माउनका लागि ३० बर्षको उमेर समूहलाई उत्तम मानिने गरिए पनि विभिन्न कारण बढी उमेर समूह भएका महिलाले सन्तानको रहर गरे उमेरलाई मात्र बाधक मान्न नसकिने नर्भिक अस्पतालले जनाएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ