२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यअल्फा केयर एण्ड डाइग्नोष्टिक सेन्टरको सिजी होल्डिङ्समा निःशुल्क स्वास्थ्य शिविर

अल्फा केयर एण्ड डाइग्नोष्टिक सेन्टरको सिजी होल्डिङ्समा निःशुल्क स्वास्थ्य शिविर


काठमाडौं—अल्फा केयर एण्ड डाइग्नोष्टिक सेन्टरले सिजी होल्डिङमा निःशुल्क हेल्थ क्याम्पको आयोजना गरेको छ । बुधबार विहान १० बजेदेखि साँझ ५ बजेसम्म सिजी होल्डिङको मुख्यालय सानेपामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।

शिविरमा काठमाडौंभरका सिजीका कर्मचारीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । जसमा २ सय ५० जनाभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको अल्फा केयरकी रोजिना थापाले जानकारी दिइन् ।

शिविरमा निःशुल्क बीएमआई, ब्लड सुगर, आँखा, युरिन रुटिङ र रक्तचाप चेकजाँच गरिएको थियो । चिकित्सकहरु डा. लालुप्रसाद यादव, डा. सुप्रिया उप्रेती र डा. सुर्यप्रकाश शाहले बिरामी परामर्श सेवा उपलब्ध गराएका थिए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ