२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यकामना सेवा र मनकामना अस्पतालबीच सेवामा छुट सम्बन्धि सम्झौता

कामना सेवा र मनकामना अस्पतालबीच सेवामा छुट सम्बन्धि सम्झौता


भरतपुर—कामना सेवा विकास बैंक र भरतपुरस्थित मनकामना अस्पतालबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्णले मनकामना अस्पतालले प्रदान सेवामा छुट पाउनेछन् ।

कामना विकास बैककाअनुसार ओ.पि.डी. सेवा, सामान्य वार्ड, बेड शुल्क, ओ.टी. शुल्क, सि.टी. स्क्यान, आई.सि.यु., एन.आई.सी.यु., एच.डि.यु.÷नर्सरी सेवाहरुमा आकर्षक छुट अस्पतालले उपलब्ध गराउनेछ । अस्पतालले प्रदान गर्ने सो सेवासुविधाहरुमा बैंकका कर्मचारीहरुले २० प्रतिशतसम्मको र बैंकका ग्राहकले १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने अस्पतालले जनाएको छ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले स्वास्थ्य सेवामा विशेष लाभ लिने बैंकको विश्वास छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ